Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

Author Avatar साझा न्यूज 4th June 2023 , 8:23 PM
अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर १ पकडीमा साढे ३ करोड रुपैयाँ लागतमा निर्माण गरिएको प्रशासनिक भवनको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले उद्घाटन गरेका छन् ।
गाउँपालिकाको वडा नम्बर १, पकडीस्थित आफ्नै जग्गामा गाउँपालिकाको करिब साढे ३ करोडमा भवन निर्माण भएको हो । सोको लागि जिल्ला समन्यव सतिति र गाउँपालिकाको समपुरक कोषबाट निर्माण गरिएको हो ।
विगतमा भवन नहुँदा गाउँपालिकाले ३ स्थानमा लिएको भाडाको घरमा एक लाख बढी भाडा तिर्दै आएको थियो । १० कठ्ठा क्षेत्रफल रहेको जग्गामा भवन निर्माण गरिएको हो ।
सेवा प्रवाहलाई प्रभावकारी र छिटो छरितो होस् भन्ने उद्देश्य सहित सुविधा सम्पन्न आफ्नै भवनबाट काम हुने बताइएको छ । प्रशासनिक भवनसँगै वडा नं १ को कार्यालय र सभाहलसमेत मन्त्री आर्चायले उद्घाटन गरे ।
कार्यक्रममा वोल्दै मन्त्री आर्चायले कार्यालय निर्माण सगै गाउंपालिकाले विकास र जनताका आवश्यकतालाई सम्बोधन गर्नु पर्ने बताए । स्थानीय तह जनताको प्रतक्ष सरोकार राख्ने तह भएकाले दैनिक जिवनयापनका साथै भौतिक विकास र सामाजिक विकासमा समेत पालिकाले काम गर्नु पर्ने बताए ।
निवर्तमान गाउँपालिका अध्यक्ष बजरंगी चौधरीको पालामा मै निर्माण शुरु भए पनि अहिले आएर मात्र भवन निर्माण सम्पन्न भएको हो । अब एउटै भवनबाट सेवा प्रवाह हुने र एकद्धार प्रणालीबाट कार्य गर्दा थप जनतामा सहजता आउने गाउंपालिकाका अध्यक्ष वलिउद्धिन मुसलमानले बताए । साढे तीन तलाको भवन निमाणकोे ठेक्का अर्याल नर्मिाण सेवा, कपिलवस्तुले पाएको थियो ।
नयाँ भवनबाट अब दैनिक प्रशानिक कामको शुरुआत हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादवले बताए । उनले अब प्रशासनिक काम संचालन गर्न सहज हुने बताए ।
‘३ ठाउँमा कर्मचारी हुँदा समस्या भएको थियो अब भने सहज हुने भएको छ’, उनले भने । सो अवसरमा प्रदेश सभा सदस्य मधुसुधन शरण चौधरी, पूर्व मन्त्री दानबहादुर चौधरी, पूर्व सांसद अतहर कमाल, पूर्व प्रदेश भौतिक पूर्वाधार मन्त्री शहसराम यादव, अन्तरिम सविधान सभा सदस्य रालौटन तिवारी, जिल्ला समन्वय समितिका संयोजक बाबुराम आचार्य, पूर्व गाउँपालिका उपाध्यक्ष गीतादेवी तिवारी, वडा अध्यक्ष शैलेन्द्रकुमार यादव लगायतले शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज