साझा न्यूज । गोरुसिंगे
सुरक्षित आप्रवासी कार्यक्रम (सार्मी ) परियोजनाद्वारा सञ्चालित वित्तीय साक्षरता कक्षाको अनुगमन गरिएको छ । सो कार्यक्रम बुद्धभूमि नगरपालिकाको वडा नं. ३ मोर्मीमा सञ्चालित छ ।
उक्त कक्षाको अनुगमन प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, नगर प्रमुख केशब कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ध्रुब प्रसाद नेपाल लेखा अधिकृत रेणुराम ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।