Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विद्युत आपूर्ति नियमित गर्न माग

Author Avatar साझा न्यूज 14th June 2023 , 4:31 PM
विद्युत आपूर्ति नियमित गर्न माग

सिद्धार्थनगर, जेठ ३१ गते । विद्युत् आपूर्ति नियमित बनाउन माग गर्दै स्वतन्त्र नागरिक अभियान रुपन्देही सिद्धार्थनगरले ज्ञापनपत्र बुझाएको छ । अभियानले बुधबार नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाउँदै छिनछिनमा विद्युत् आउनेजाने गर्दा कतिपय अवस्थामा हाई भोल्टेज आउँदा विद्युतीय उपकरणहरु बिग्रिएकाले विद्युत् आपूर्ति नियमित हुनुपर्ने माग गरेको हो ।

अभियानका संयोजक नारायण प्रसाद भण्डारीले विद्युत् आपूर्ति नियमित गर्न आवश्यक पर्ने उपकरण तथा तार, ट्रान्सफर्मरहरु फेर्नुपर्ने, कतिपय ठाउँमा लो भोल्टेज रहेकाले चेकजाँच गर्नुपर्ने र नगरका कतिपय ठाउँमा हाईटेन्सन लाईन घरको छतबाट गएकाले उक्त सप्लाई लाइन हाई–वे मा ल्याउनुपर्ने बताउनुभयो । उहाँले नियमित विद्युत् आपूर्तिको व्यवस्था गर्न नसके र थेग्न नसकेको अवस्थामा ग्राहकलाई अग्रीम सूचना दिनुपर्ने माग गर्नुभयोे ।

अभियानका सदस्य सचिन रोक्काले गर्मीयाममा विशेषगरी रातको समयमा विद्युत् कटौती हुँदा सुत्न नसकिएको गुनासो गर्नुभयो । उहाँले लो भोल्टेज समस्या समाधानका लागि ट्रान्सफर्मर थप्नुपर्ने माग पनि गर्नुभयो । अनियमित विद्युत् कटौतीका कारण विद्युतीय उपकरण बिग्रिएको र जसका कारण लाखौंको क्षति भएको उहाँको भनाइ छ ।

अभियानका अर्का सदस्य कृष्ण बहादुर गुरुङले विद्युत कटौती गर्नुपर्ने अवस्था भए नेपाल विद्युत प्राधिकरणले ग्राहकलाई सुचना दिनुपर्ने बताउनुभयो । ज्ञापनपत्र बुझ्दै नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख ई. सञ्जय कुमार मिश्रले विद्युत् कटौती भैरहवाको मात्र नभइ राष्ट्रव्यापी समस्या भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पानी परे यो समस्या स्वतः समाधान हुन्छ ।” स्वतन्त्र नागरिक अभियान रुपन्देही, सिद्धार्थनगरका संयोजक नारायण प्रसाद भण्डारीको नेतृत्वमा सदस्यहरु सचिन रोक्का, रामअवध गुप्ता, कृष्ण बहादुर गुरुङ, राम प्रसाद भण्डारी (रामु) लगायत ज्ञापनपत्र बुझाउन बुधबार विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र पुग्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

भर्खरै प्रकाशित

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज