Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

खानेपानीको अभाव हुँदा स्थानीय सम्स्यामा

Author Avatar साझा न्यूज 15th June 2023 , 2:37 PM
खानेपानीको अभाव हुँदा स्थानीय सम्स्यामा

कावासोती, जेठ ३२ गते । पूर्वी नवलपरासीका विभिन्न ठाउँमा खानेपानीको अभाव हुन थालेको छ । कतै मुहान सुक्दै गएको छ भने कतै पानी लिनकै लागि घण्टौँसम्म हिँड्नुपर्ने बाध्यता छ ।

बढ्दै गएको वातावरण प्रदूषणका कारण खानेपानीको क्षेत्रमा पनि समस्या देखिन थालेको छ । वन जङ्गलको विनाश हुनु, अव्यवस्थित सहरीकरण, जलवायु परिवर्तन लगायतका कारण खानेपानीका मुहान सुक्न थालेका छन् ।

देवचुली नगरपालिका वडा नं.२ मा खानेपानीका मुहान सुकेका छन् । जिल्लाको दुम्कौलीमा रहेको पुर्नवासका स्थानीयहरुलाई ट्याङ्कीमा पानी ओसारे खुवाउनु परेको छ । अति विपन्न क्षेत्र अन्तरर्गत पर्ने पुर्नवास टोलमा खानेपानीका अभाव हिउँदमा मात्र नभई हरेक मौसममा हुने गरेको छ । अहिले मुहानहरुसमेत सुकेपछि स्थानीयहरुले ट्याङ्कीको पानी मगाएर गर्जो टारेका छन् ।

यस्तै, गैँडाकोट ३ ढोडेनी जहाँ सबैको घरमा खानेपानीको पाइप पुगेको छ । तर पानी पुगेको छैन । स्थानीय जमुना गुरुङ बिहान सबेरै उठेर जङ्गलको बीचमा रहेको मुहानमा पानी लिन पुगे । “बिहान घरको काम सकेर मुहान जान्छु, पानी लिएर फर्किंदा १० बज्छ । कालीगण्डकीको तिरमा पुग्नुपर्छ पानी लिन । भिरको बाटो हिँड्नै समस्या छ ।” वर्षौदेखी पानीको समस्या भोग्दै आउनुभएकी उहाँलाई अब पनि धारामा पानी आउँछ भन्ने लागेको छैन । बर्खामा त यही पानी पनि धमिलो हुने गरेको उहाँको भनाइ छ । सहज तरिकाले सुरक्षित र सफा पानी उपभोग गर्न पाउनुपर्ने अधिकारबाट वञ्चित भएको गुनासो स्थानीयको छ ।

स्थानीय विष्णुहरी अधिकारी भन्नुहुन्छ, “वडामा खानेपानी ट्याङ्की बनेको वर्षौ भयो । तर पानी आएको छैन । पानी अभावका कारण न यहाँ खेती हुन सकेको छ । न त स्थानीयले गाईवस्तु पाल्न सकेका छन् । खानेपानी संस्थालाई न्यूनतम शुल्क त तिर्छन् तर पानी भने धारामा आउँदैन ।”

प्रदेश सरकारको आयोजना भएकाले स्थानीय स्तरबाट केही गर्न नसकेको वडाले जनाएको छ । गैँडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले करिब ७ करोडको लागत अनुमान सहित काम सुरु भएको र बाँकी रकम आउन नसक्दा काम हुन नसकेको बताउनुभयो । ढोडेनी खानेपानी आयोजना निर्माण हुन लागेको तीन वर्ष बढी भयो ।

एकलाख २० हजार लिटरको ओभरहेड ट्याङ्की, ४० हजार लिटरको ट्याङ्की निर्माणाधिन अवस्थामा रहेको छ । त्यस्तै दुई वटा छुट्टा छुट्टै टोलमा २०–२० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको छ। ढोडेनी खानेपानी आयोजना सम्पन्न हुँदा ४५० घरधुरीले सुरक्षित पानी उपभोग गर्न पाउने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

भर्खरै प्रकाशित

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज