Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गर्मीले पश्चिमी मधेसको जनजीवन प्रभावित

Author Avatar साझा न्यूज 15th June 2023 , 4:35 PM
गर्मीले पश्चिमी मधेसको जनजीवन प्रभावित

रुपन्देही । रूपन्देहीको भैरहवा, लुम्बिनीलगायतका क्षेत्रमा तापक्रम ४३ डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित भएको छ । उच्च तापमान र बढ्दो गर्मीका कारण बजार सुनसान देखिएका छन् भने स्थानीयको दैनिकी प्रभावित बनेको छ ।

खेतबारीमा लगाइएका बालीनाली चर्को घामले सुक्न थालेका छन् । गर्मी सँगसँगै पानी नपर्दा वर्षे पानीमा आश्रित किसानले खेतमा धानको ब्याडसमेत राख्न पाएका छैनन् भने धेरैले जेनतेन गरी राखेको ब्याड पनि सुक्न थालेको छ । बढ्दो गर्मीले मानिसमात्र नभई पशुपक्षी समेत पानी र शीतलता खोज्न थालेका छन् । रूपन्देही र कपिलवस्तुलगायतका क्षेत्रमा तापमान बढ्दै जाँदा दैनिक ज्यालादारी गरी खाने मजदुर वर्गलाई समस्या थपिएको सरोकारवालाको भनाइ छ ।

‘वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा चल्नुले घरबाहिर निस्कन समस्या उत्पन्न भएको छ’, सम्मरीमाइ स्वास्थ्य शाखा प्रमुख मुन्सी माझीले भने, ‘अत्यधिक गर्मीले बजार, शैक्षिक संस्थाका साथै सरकारी कामकाज समेत प्रभावित छ ।’ यही जेठ ३१ गते बुधबार पश्चिमी मधेसअन्तर्गत रुपन्देहीको भैरहवा क्षेत्रमा अधिकतम ४३ र न्यूनतम २८ दशमलव आठ डिग्री सेल्सियस (देशभरिकै उच्च) तापमान मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको विशेष मौसम बुलेटिनमा उल्लेख छ ।

‘यस क्षेत्रमा बढ्दो गर्मीका कारण बिरामीको चाप पनि बढ्दै गएको छ’, भैरहवा भीम अस्पतालका सूचना अधिकारी डा. आरिफ अन्सारीले भने, ‘सामान्य अवस्थामा दैनिक दुई सयसम्म बिरामी आउने भीम अस्पतालमा अहिले दैनिक तीन सय ५० बढी आउने गरेका छन् ।’ उनका अनुसार अधिकांश झाडापखाला, बान्ता, आउँ एलर्जी, अपच, जनिडस, श्वासप्रश्वास र भाइरल ज्वरोका बिरामी बढी आउने गरेका छन् । उनले भने, ‘गर्मीले मुख सुक्ने, पानीको कमी हुनेलगायतका समस्या देखिएका बिरामीलाई झोलिलो पदार्थ खान सुझाव दिने गरेका छौँ ।’

अत्यधिक गर्मी र तातो हावाले वायु प्रदूषण हुने र त्यसले बालबालिका, वृद्धवृद्धालगायत बिरामीको श्वासप्रश्वासमा समेतमा असर पुर्‍याउने गरेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँ भैरहवाका एशोसिएट प्रोफेसर तथा बालरोग विशेषज्ञ डा. नगेन्द्र चौधरीले बताए ।

तराई–मधेस तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न र आवश्यक सतर्कता अपनाउन रुपन्देहीका १६ वटै स्थानीय तहसँग समन्वय, सहकार्य, सूचना सम्प्रेषण तथा प्रचारप्रसार भइरहेको जिल्ला जनजस्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए । यस्तो गर्मीमा अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन, निस्किनुपरे छाता ओढेर हिँड्न र प्रशस्त पानी पिउन उनको सुझाव छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

भर्खरै प्रकाशित

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज