Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नयाँ पुस्तालाई कला र संस्कृति बुझाउनु आवश्यक छ : सञ्चारमन्त्री शर्मा

Author Avatar साझा न्यूज 16th June 2023 , 6:11 PM
नयाँ पुस्तालाई कला र संस्कृति बुझाउनु आवश्यक छ : सञ्चारमन्त्री शर्मा

दाङ, असार १ गते। सञ्चार तथा सूचना प्रविधि मन्त्री  रेखा शर्माले नयाँ पुस्तालाई नेपालको कला, संस्कृति र मौलिकताबारे बुझाउनु अनिवार्य भएको बताउनुभएको छ।

चलचित्र विकास बोर्डले दाङको घोराहीमा आयोजना गरेको राष्ट्रिय बाल चलचित्र महोत्सव उद्घाटन गर्दै उहाँले नयाँ पुस्तालाई देश चिनाउने अभियान व्यापक बनाउनुपर्ने बताउनुभएको हो।चलचित्र मनोरञ्जनको साधन मात्रै नभइ मानिसको दिल बदल्ने आधार भएकाले यसको माध्यमबाट नयाँ पुस्तालाई देश चिनाउन सकिने मन्त्री शर्माको भनाइ छ।

नेपाल संस्कृतिको धनी देश भएकाले यहाँको कला संस्कृतिको अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा उहाँको जोड छ।  मन्त्री शर्माले संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्न चलचित्रको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘चलचित्र आम मानिसको रोजाइको क्षेत्र बन्ने गरेको छ। चलचित्रले दर्शकलाई मात्र मनोरञ्जन दिँदैन, यस क्षेत्रमा लागेर व्यक्तित्व निर्माण गर्न चाहनेका लागि पनि चलचित्र महत्वपूर्ण क्षेत्र हो। चलचित्र क्षेत्रबाटै कयौं कलाकारले आफ्नो व्यक्तित्व निकै उचो बनाउँदै आएका छन्। उज्वल भविष्यको मीठो परिकल्पना गर्ने उमेर समूहका बालबालिका र किशोरकिशोरीलाई चलचित्र क्षेत्रमा आकर्षित गर्न पनि यो महोत्सवबाट टेवा पुग्ने छ।’’

अन्तर्राष्ट्रियस्तरमा नियमितरुपमा यस्ता महोत्सव हुने गरेको उल्लेख गर्दै मन्त्री शर्माले नेपालबाट पनि बालबालिकाले बनाएका वा उनीहरुका बारेमा बनेका चलचित्र  अन्तर्राष्ट्रिय महोत्सवमा पुर्याउने गरी अब तयारी थाल्नुपर्ने बताउनुभयो। त्यसका लागि यो महोत्सव सहयोगी बन्ने विश्वास उहाँको छ।

बालबालिकामाथि हुने सबै प्रकारका विभेदको अन्त्य गरी उनीहरुलाई रचनात्मक र सिर्जनशील कार्यमा प्रेरित गर्न बालबालिका, उनीहरुका अभिभावक लगायत आम नागरिकलाई सचेत र जागरुक बनाउन जरुरी रहेको उहाँको भनाइ छ।

अहिले जीवनका हरेक क्षेत्रमा सूचना प्रविधिको प्रयोग अत्यधिक बढेको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले यसले बाललिकामा अवसर र चुनौती दुबै थपिदिएको बताउनुभयो।

मन्त्री शर्माले भन्नुभयो, ‘‘सूचना प्रविधिको माध्यमबाट बालबालिकाले नयाँ ज्ञान र सीप चाँडो प्राप्त गर्छन्, यो उनीहरुका लागि अवसर हो। तर, यसको दुरुपयोग बढ्दै जाँदा बाल विकासको बाधक पनि सूचना प्रविधि नै हुने हो कि भन्ने खतरा बढ्दै गएको छ। अहिले धेरै बालबालिका मोबाइल र कम्प्युटरको लतमा फस्दै गएको गुनासो अभिभावकबाट आउने गरेको छ। बालबालिकालाई सूचना प्रविधिबाट अलग गर्न सकिँदैन  तर उनीहरुलाई यसको दुरुपयोगबाट बचाउँदै उपयोगी ज्ञान र सीप सिकाउनु आवश्यक छ।’’

दाङ २ का प्रतिनिधिसभा सदस्य मन्त्री शर्माले दाङमा घोराही–तुलसीपुर सडक, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा पूर्ण विद्युतीकरण, राजमर्गसहित सबै ठाउँमा सञ्चार सुविधा विस्तार, प्रदेश राजधानीमा पूर्वाधार विकास र टरिगाउँ विमानस्थलको स्तरोन्नतिलाई प्राथमिकता दिएको बताउनुभयो।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा भएको उद्घाटनमा स्थानीय कला संस्कृति झल्काउने प्रस्तुति देखाइएको थियो। महोत्सव तीन दिनसम्म चल्ने बोर्ड सदस्य एवं कार्यक्रम संयोजक केएल बुढाथोकीले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

भर्खरै प्रकाशित

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज