Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पौराणिक कथा : को थिइन् सीता ?

Author Avatar साझा न्यूज 16th June 2023 , 7:28 PM
पौराणिक कथा : को थिइन् सीता ?

पौराणिक ग्रन्थकी रोचक पात्र हुन्, सीता । मिथिलाका राजा जनककी छोरी सीताको विवाह अयोध्याका राजा रामसँग भएको थियो । यो तेत्रायुगको कथा हो । पूर्वीय दर्शनले सीतालाई ‘आदर्श नारी’को रुपमा उल्लेख गरेको छ ।

शब्दकोषमा सीताको अर्थ जोत्दा जमिनमा रहेको हलोको डोब, हलोको फालीबाट धर्तीमा निर्मित रेखा भनिएको छ । प्रचलित कथा अनुसार यज्ञभूमि तयार पार्न राजर्षी जनकले हलो चलाउँदा त्यही भूमिबाट सीता प्रकट भएको पाइन्छ ।

यद्यपि सीताको जन्मबारे पौराणिक ग्रन्थहरुमा एकरुपता पाइँदैन । वाल्मिकी रामायण, आनन्दरामायण, अद्भूतरामायण, अध्यात्मरामायण, कम्बरामायण, देवी भगवत आदि पुराणमा सीताको जन्मबारे उल्लेख गरिएको छ । पद्यपुराण र भविष्यपुराणमा सीताको जन्म कसरी भयो भनी विस्तारमा भनिएको छ ।

सीताको जन्मसम्बन्धी सबैभन्दा प्रचलित कथा हो, वाल्मिकी रामायण । महर्षि वाल्मिकीले रामायणमा लेखेका छन्, ‘मिथिला राज्यमा भयंकर खडेरी परेको थियो । तब ऋषिमुनिहरुले मिथिलामा वर्षा गराउन राजा जनकलाई यज्ञ आयोजना गर्न भने । धुमधाम यज्ञपछि राजा जनक आफैं खेतमा हलो जोत्न गए ।

खेत जोत्दै गर्दा हलोको फाली कुनै कडा वस्तुमा अड्कियो । राजा जनकले त्यहाँबाट हलो निकाल्न सकेनन् । तब उक्त ठाउँमा खन्न लगाइयो । यसरी खन्दा जमिनभित्र एउटा कलश भेटियो ।

कलश उठाएर हेर्दा एक सुन्दर कन्या खेल्दै गरेको देखियो । ती कन्यालाई राजा जनकले कलशबाट बाहिर निकालेर आफूसँगै लिएर आए । अनि धर्मपुत्री बनाएर पालनपोषण गर्न थाले । भनिन्छ, त्यसअघि राजा जनक र उनकी पत्नी सुनैनाबाट कुनै सन्तानको जन्म भएको थिएन । त्यसैले उनै सीतालाई राज दम्पतीले आफ्नो सन्तानको रुपमा हुर्काए ।’ यही कथनको आधारमा सीतालाई भूमिपुत्री भन्ने गरिएको छ ।

अद्भूत रामायणको कथा

देवी सीतासम्बन्धी एक अन्य कथाको उल्लेख अद्भूत रामायणमा पाइएको छ । कथामा उनलाई लंकापति रावण र मन्दोदरीकी पुत्री भनिएको छ । यो कथा रामायणसँग मिल्दोजुल्दो छ ।

कथाको विस्तार यस प्रकारले गरिएको छ । गृत्समद नामको ऋषिले देवी लक्ष्मीलाई आफ्नो छोरीको रुपमा पाउन हरेक दिन मन्त्रोच्चारण गरेर कुशको अगाडिको भागले एउटा कलशमा दूधको थोपा-थोपा राख्ने गर्थे ।

एक दिन जब ऋषि आश्रममा थिएनन् तब रावण त्यहाँ पुगे । उनले त्यहाँ भएका सबै ऋषिमुनिलाई मारेर उनीहरुको रगत कलशमा भरिदियो । त्यही कलशलाई कसैले नदेखिने गरी आफ्नो महलमा लिएर लुकाइदिएको थियो ।

संयोगवश त्यो कलश रावणको श्रीमती मन्दोदरीले देखिन् । उसलाई त्यो कलश आखिर के छ भनेर हेर्न उत्सुक भइन् । जब एक दिन रावण महलमा थिएनन्, त्यही मौका छोपी उनले त्यो कलश खोलेर हेरिन् । मन्दोदरीले त्यस कलशभित्र रहेको सबै रगत पिउन थालिन् । जसले गर्दा उनी गर्भवती भइन्् ।

यो भेद कसैलाई थाहा नहोस् भनेर उनले आफ्नी छोरीलाई कलशमा लुकाएर लंकाबाट धेरै टाढा पुगिन्, अनि मिथिलामा छाडेर फर्किइन् । यसकारण सीता रावणको छोरी भन्ने गरिएको छ ।

रावणको मृत्युको कारण

देवी सीताको तेस्रो कथा वेदवती नाम गरेकी एक ब्राह्मण कन्यासँग सम्बन्धित छ । जुन ब्रम्हावैवर्त पुराणमा उल्लेख गरेको पाइन्छ । यस कथामा भनिएको छ कि एक समयमा वेदवती भगवान विष्णुलाई आफ्नो श्रीमानको रुपमा पाउन तपस्या गरिरहेकी थिइन् । सोही समयमा रावण हिमालयको भ्रमण गरिरहेका थिए । उनको नजर वेदवतीमा पर्‍यो र रावणले तपस्या गरिरहेका वेदवतीको हात समातेर जबर्जस्ती सम्बन्ध बनाउन खोज्यो ।

तर वेदवतीले आफूलाई रावणबाट बचाएर पहाडबाट खाडलमा हामफालेर ज्यान दिएकी थिइन् । त्यसरी मर्ने बेला उनले रावणलाई श्राप दिएकी थिइन्, ‘म पुनर्जन्म लिई लंका आएर तँ र तेरो वंशलाई सखाप पार्नेछु ।’

विभिन्न स्रोतबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज