Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपालगञ्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी

Author Avatar साझा न्यूज 18th June 2023 , 3:30 PM
नेपालगञ्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी

नेपालगञ्ज, असार ३ गते । नेपालगञ्जमा तापक्रम बढेर करिब ४३ डिग्री पुगेको छ । तापक्रम बढेर ‘लु’ चल्नेक्रम बढ्दै गएपछि बाँकेको जनजीवन अस्तव्यस्त बनेको छ ।

केहीदिन यता नेपालगञ्जको तापक्रम बढेर हालसम्मकै उच्च ४२.५ डिग्री सेल्सियससम्म पुगेको र तातो हावा लु का कारण यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगञ्जले शनिवार र आइतवार नेपालगञ्जमा यो वर्षकै सबैभन्दा बढी तापक्रम मापन गरिएको छ ।

सो कार्यालयका मौसम अवलोकनकर्ता रिमझिम केवटका अनुसार शनिवार र आइतवार नेपालगञ्जको तापक्रम ४२.५ डिग्री मापन गरिएको छ । केवटले यो तापक्रम यस वर्षको अहिलेसम्मकै सबैभन्दा धेरै भएको जनाउँदै गत वर्ष यो समयमा नेपालगञ्जको तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेको बताउनुभयो ।

उहाँले यो वर्ष गत वर्षभन्दा पनि बढी गर्मी भएको जनाउँदै, अब केही दिनमै पानी पर्ने र तापक्रम ओरालो लाग्ने सम्भावना रहेको बताउनुभयो । तापक्रम बढ्दै जाँदा गर्मी अत्यधिक बढेकाले नेपालगञ्ज बजार दिउँसो सुनसान देखिएको छ ।

काम विशेषले घरबाट बाहिर निस्कनु भएका नेपालगञ्ज–११ का रिजवान अन्सारी गर्मीका कारण सडकमै बेहोस भएर ढल्न लागेको बताउनुभयो । स्थानीयले आएर पानी खुवाएपछि आफू होसमा आएको बताउनुभयो ।

अत्यधिक गर्मी र तातो हावा लु का कारण घरबाट बाहिर निस्कनेवित्तिकै चक्कर लाग्ने गरेको अधिकांश स्थानीयले जनाएका छन् । असाध्य गर्मी तथा तातो हावाले गर्दा ग्रामीण क्षेत्रलगायत सहरी क्षेत्रका सरकारी कार्यालय, बजार पसल र विद्यालय समेत प्रभावित भएका छन् ।

गर्मीकै कारण लोड थेग्न नसक्दा विद्युत आपूर्तिसमेत अनियमित हुँदा र भोल्टेज निकै कम आउँदा नेपालगञ्जलगायत आसपास क्षेत्रका नागरिकको जनजीवन थप कष्टकर बनेको स्थानीयको गुनासो छ । विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले सकेसम्म विद्युत आपूर्ति नियमित गर्ने प्रयास गरे पनि गर्मीको प्रभावले विद्युतीय उपकरण बिग्रिरहने कारणले थप समस्या निम्तिएको जनाएको छ ।

विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले दिनरात नभनि विद्युत नियमित गर्ने कार्यमा आफुहरु खटिएको बताउनुभयो । अथक प्रयास गर्दा पनि विभिन्न प्राविधिक कारणले सोचेजस्तो गर्न नसकिएको जनाउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

भर्खरै प्रकाशित

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज