Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपालगञ्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी


नेपालगञ्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी

नेपालगञ्ज, असार ३ गते । नेपालगञ्जमा तापक्रम बढेर करिब ४३ डिग्री पुगेको छ । तापक्रम बढेर ‘लु’ चल्नेक्रम बढ्दै गएपछि बाँकेको जनजीवन अस्तव्यस्त बनेको छ ।

केहीदिन यता नेपालगञ्जको तापक्रम बढेर हालसम्मकै उच्च ४२.५ डिग्री सेल्सियससम्म पुगेको र तातो हावा लु का कारण यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगञ्जले शनिवार र आइतवार नेपालगञ्जमा यो वर्षकै सबैभन्दा बढी तापक्रम मापन गरिएको छ ।

सो कार्यालयका मौसम अवलोकनकर्ता रिमझिम केवटका अनुसार शनिवार र आइतवार नेपालगञ्जको तापक्रम ४२.५ डिग्री मापन गरिएको छ । केवटले यो तापक्रम यस वर्षको अहिलेसम्मकै सबैभन्दा धेरै भएको जनाउँदै गत वर्ष यो समयमा नेपालगञ्जको तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेको बताउनुभयो ।

उहाँले यो वर्ष गत वर्षभन्दा पनि बढी गर्मी भएको जनाउँदै, अब केही दिनमै पानी पर्ने र तापक्रम ओरालो लाग्ने सम्भावना रहेको बताउनुभयो । तापक्रम बढ्दै जाँदा गर्मी अत्यधिक बढेकाले नेपालगञ्ज बजार दिउँसो सुनसान देखिएको छ ।

काम विशेषले घरबाट बाहिर निस्कनु भएका नेपालगञ्ज–११ का रिजवान अन्सारी गर्मीका कारण सडकमै बेहोस भएर ढल्न लागेको बताउनुभयो । स्थानीयले आएर पानी खुवाएपछि आफू होसमा आएको बताउनुभयो ।

अत्यधिक गर्मी र तातो हावा लु का कारण घरबाट बाहिर निस्कनेवित्तिकै चक्कर लाग्ने गरेको अधिकांश स्थानीयले जनाएका छन् । असाध्य गर्मी तथा तातो हावाले गर्दा ग्रामीण क्षेत्रलगायत सहरी क्षेत्रका सरकारी कार्यालय, बजार पसल र विद्यालय समेत प्रभावित भएका छन् ।

गर्मीकै कारण लोड थेग्न नसक्दा विद्युत आपूर्तिसमेत अनियमित हुँदा र भोल्टेज निकै कम आउँदा नेपालगञ्जलगायत आसपास क्षेत्रका नागरिकको जनजीवन थप कष्टकर बनेको स्थानीयको गुनासो छ । विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले सकेसम्म विद्युत आपूर्ति नियमित गर्ने प्रयास गरे पनि गर्मीको प्रभावले विद्युतीय उपकरण बिग्रिरहने कारणले थप समस्या निम्तिएको जनाएको छ ।

विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले दिनरात नभनि विद्युत नियमित गर्ने कार्यमा आफुहरु खटिएको बताउनुभयो । अथक प्रयास गर्दा पनि विभिन्न प्राविधिक कारणले सोचेजस्तो गर्न नसकिएको जनाउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पाँचथरमा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु, दुई घाइते

घरको छतबाट खसेर २२ महिनाको बालकको गयाे ज्यान

उद्धार गरिएकी महिलाको मृत्यु

पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ

प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटमा सर्कुलर

स्थानिय तहका कर्मचारीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

स्थानिय तहका कर्मचारीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

भर्खरै प्रकाशित

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पाँचथरमा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु, दुई घाइते

घरको छतबाट खसेर २२ महिनाको बालकको गयाे ज्यान

उद्धार गरिएकी महिलाको मृत्यु

पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ

प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटमा सर्कुलर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज