Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

चिया उद्योगलाई अर्गानिक प्रमाणीकरणमा सहयोग

Author Avatar साझा न्यूज 21st June 2023 , 4:30 PM
चिया उद्योगलाई अर्गानिक प्रमाणीकरणमा सहयोग

इलाम, असार ६ गते  । पछिल्लो समय चियाको अन्तर्राष्ट्रिय बजार निकै उत्साहजनक पाइए पनि अर्गानिक प्रमाणिकरण भने उद्योगी र किसानका लागि गलपासो बन्नेगरेको छ । आफ्नो उत्पादन विदेश निर्यातका लागि अनिवार्यजस्तै बनेको अर्गानिक प्रमाणिकरण खर्चिलो र बाध्यात्मक पनि छ ।

किसान र उद्योगीको त्यही बाध्यतालाई निराकरण गर्न राष्ट्रिय चिया तथा कफि विकास वोर्डले अर्गानिक प्रमाणिकरण तथा वर्षेनी नवीकरणवापतको केही शुल्क सहयोग गर्न प्रक्रिया सुरु गरेको छ । बोर्डले यसअघि चियाको लोगो (ट्रेडमार्क) प्राप्त गर्ने उद्योग र सहकारीमा आवद्ध किसानलाई कूल नवीकरण रकमको ७५ प्रतिशत रकम नगदमै भुक्तान गर्नेगरी सहयोग गर्न थालेको वोर्डले जनाएको छ ।

वोर्डले यो वर्ष नौं वटा चिया उद्योगलाई प्रमाणिकरण र नवीकरणको कूल रकमको ७५ प्रतिशत रकम उपलब्ध गराएको वोर्डका प्रवक्ता डा. दिपक खनालले बताउनुभयो । खनालका अनुसार अहिले सम्ममा इलामका गोर्खा टी स्टेटले पाँच लाख ६३ हजार ५८१ रुपियाँ, नेपाल ग्रीन एण्ड स्पेस्यालीटी तीन लाख १९ हजार ६९१ रुपियाँ, अर्गानिक नेपाल टी इन्डस्ट्रिजले ३ लाख ८३ हजार ५६५ रुपियाँ, ग्रीन हिल टीले तीन लाख ८१ हजार ८१७ रुपियाँ, ग्रीन भ्याली टीले तीन लाख ४६ हजार, कञ्चनजङ्घा अर्गानिक टीले चार लाख ५४ हजार ९६१ रुपियाँ, तिनजुरे सहकारी संस्थाले तीन लाख ९२ हजार ४०९ रुपियाँ, हिमालयन सांग्रिलाले पाँच लाख ४८ हजार २८१ रुपियाँ र उच्च पहाडी चिया सहकारीले तीन लाख ९५ हजार २५० रुपियाँ अर्गानिक प्रमाणिकरणको नवीकरणका लागि सहयोग प्राप्त गरेका छन् ।

वोर्डले गएको वर्षदेखि चियाका लागि सञ्चालन गरिरहेको ‘नेपाली चियाको दिगो निर्यात अभिवृद्धि परियोजना’ अन्तर्गत किसान र उद्योगलाई सहयोग गरेको प्रवक्ता खनालले बताउनुभयो । ‘नेपाली चियाका लागि तेस्रो मुलुकमा निर्यात सम्भावना राम्रो र उच्च छ । तर अर्गानिक प्रमाणिकरण र नवीकरण नै खर्चिलो हुँदा गुणस्तरीय उत्पादन निर्यातमा समस्या थियो ।’

प्रवक्ता खनालले भन्नुभयो, ‘केही हदसम्म भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले परियोजनामार्फत सहयोग गरेका छौं’ वोर्डले यसअघि निवेदन नै माग गरेर सहयोग गर्ने सूचना गरेको थियो । सोहीअनुसार आएका निवेदनमाथि सम्बोधन गरिएको खनालको भनाइ छ ।

लोगो प्राप्त गर्ने इलामका सबै उद्योग र सहकारीले अझै पनि अर्गानिक प्रमाणिकरण र नवीकरणको आफूले तिरेको रकमको विलभर्पाइ वोर्डलाई उपलब्ध गराउँदा त्यसकै आधारमा खर्च भएको कूल रकमको ७५ प्रतिशत रकम उपलब्ध गराउने खनालले जानकारी दिनुभयो ।

यता, कोभिड संक्रमण सुरु भएदेखि नै धेरै किसान र उद्योगले अर्गानिक प्रमाणिकरणको वार्षिक नवीकरण गरेका छैनन् । अर्गानिक प्रमाणिकरण गराउन त्यति सजिलो प्रक्रिया छैन । निर्यात गर्ने चियाको सर्त पूरा गर्न पनि किसानलाई निकै कठिन छ । नवीकरणका लागि मात्र वार्षिक ६ लाख रुपियाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेको इलाम माइपोखरीस्थित जसवीरे चिया उद्योगका सञ्चालक शरद सुब्बाले बताउनुभयो ।

सुब्बाका अनुसार ग्रीन टी, गोल्डन टी, ह्वाइट टी, ओलङ टी गरी विभिन्न स्वादमा बनाइने चिया विदेशीले धेरै मन पराए पनि उनीहरूको एउटै मात्र सर्त अर्गानिक चियाको मापदण्ड बनाउन भने किसानले लाखौं खर्चेर, वर्षौं कुर्नुपर्ने हुन्छ ।

‘यो वर्ष पनि चिया माग आएको छ, कसरी पठाउने भन्ने समस्या छ, विदेशीको पहिलो सर्त नै अर्गानिक प्रमाणिकरणको प्रमाणपत्र हुन्छ’ उहाँले भन्नुभयो, ‘चार वर्षपछि अर्गानिक प्रमाणिकरणको नवीकरणका लागि प्रक्रिया बल्ल सुरु गरेको छु ।’

विदेशीले अर्गानिक चिया नै रूचाउन थालेपछि साना किसान, सहकारी तथा उद्योग आफैंले चियालाई पूर्ण अर्गानिक बनाउने अभ्यास गरिरहेका छन् । तर कम्तिमा तीन–चार वर्ष अर्गानिकको यो अभ्यास गरिरहँदा खर्च धान्न भने मुस्किल पर्नेगरेको कृषकको भनाइ छ । प्रमाणिकरणका लागि पनि सम्बन्धित संस्थामा निवेदन दिएपछि किसान र चियाको तीन वर्षसम्म निरन्तर अनुगमनको खर्च किसान आफैंले व्यहोर्नुपर्छ ।  तर राम्रो मूल्य पाउन र विदेश निर्यात गर्न अर्गानिकको विकल्प नभएको तीनजुरे सहकारी संस्थाका व्यवस्थापक दिनेश श्रेष्ठले बताउनुभयो ।

यता, अर्गानिक प्रमाणिकरण सँगै वोर्डले चिया उद्योगलाई उत्पादित चियाको तथ्याङ्क र बजारीकरणका लागि कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर मेशिन उपलब्ध गराएको छ । सञ्चालित परियोजना अन्तर्गत नै १६ वटा उद्योगलाई ती सामग्री उपलब्ध गराइएको वोर्डले जनाएको छ ।

नेपाली चिया इतिहासमा चियाका लागि गरिएको यो सानो सहयोग नेपाली उत्पादनलाई तेस्रो मुलुक पुगाउन कोसेढुङ्गा सावित हुने विश्वास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले व्यक्त गर्नुभयो । भट्टराईका अनुसार यो परियोजना अन्तर्गत वोर्डले किसानलाई चिया रोपणदेखि टिपाइ र प्रशोधनसम्मका तालिमहरु प्रदान गरेको छ । यस्तै, अर्गानिक उत्पादनका लागि मल प्राङ्गारिक मल बनाउन भकारो सुधार कार्यक्रम समेत गरिएको छ । अहिले इलामका ६९० किसानका गाईगोठमा भकारो सुधारका लागि काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

भर्खरै प्रकाशित

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज