Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

साफ च्याम्पियनसिप २०२३ : कुवेतसँग नेपालको हार

Author Avatar साझा न्यूज 22nd June 2023 , 10:42 AM
साफ च्याम्पियनसिप २०२३ : कुवेतसँग नेपालको हार

बैङ्गलोर (भारत), असार ७ गते । साफ च्याम्पियनसिप २०२३ को उद्घाटन खेलमा नेपाल बुधबार कुवेतसँग ३–१ ले पराजित भएको छ । यस जितसँगै कुवेतको सेमिफाइनल प्रवेश बलियो भएको छ । नेपालले भने अन्तिम चारको सम्भावना कायम राख्न शनिबार भारत र मङ्गलबार पाकिस्तानविरुद्ध अनुकूल नतिजा निकाल्नुपर्ने छ । कुवेत आमन्त्रित टिमका रूपमा साफ च्याम्पियनसिपमा सहभागी भएको हो । कुवेतबाहेक दक्षिण एसिया बाहिरको लेबनानले पनि यस प्रतियोगितामा खेल्दै छ ।

भारतको बैङ्गलोरस्थित श्री कान्तिभरा रङ्गशालामा भएको खेलमा कुवेतका लागि खलिद हजिया, सबायब अलखल्दी र मोहम्मद अब्दुल्लाले गोल गर्नुभयो । नेपालका लागि अञ्जन विष्टले गरेको गोल सान्त्वना बन्यो । यद्यपि अञ्जन नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान नजिक पुग्नुभएको छ ।

खेलको ६८ औँ मिनेटमा खालिद हाजियाको हेड पास गलत बनेपछि बल प्राप्त गरेका अञ्जनले कुवेतका गोलरक्षक अब्दुल रहमानसँगको वन भर्सेज वनमा उत्कृष्ट गोल गर्नुभएको हो । नेपालका लागि ५४ खेल खेल्नुभएका अञ्जनको अन्तर्राष्ट्रिय गोलसङ्ख्या १२ पुगेको छ । उहाँ नेपालका लागि सर्वाधिक गोल गर्ने हरि खड्का र निराजन रायमाझीभन्दा अब एक गोलले मात्र पछाडि हुनुहुन्छ । यी दुवैले समान १३–१३ गोल गर्नुभएको छ । प्रशिक्षक भिन्सेन्जो अलबर्टो एनिसले गोलका केही अवसर नगुमाएको भए अञ्जनले आजै कीर्तिमानको बराबरी गर्ने जानकारी दिनुभयो ।

नेपालले बेहोरेका तीनै गोलमा डिफेन्डरको कमजोरी रह्यो । खेलको २३ औँ मिनेटमा फवाज अलोटैबीको कर्नर प्रहारमा नेपालका गोलरक्षक किरण चेम्जोङले सही अनुमान लगाउन नसकी आफ्नो स्थान छोडेर अगाडि बढ्ने गल्ती गरेपछि खालिद हिजायले खाली गोलपोस्टमा बल छिराउनुभयो । पूर्वाद्र्ध सकिन चार मिनेट बाँकी छँदा सबइब अलखल्दीले कुवेतको अग्रता दोब्बर पार्नुभयो । मोहम्मद अब्दुल्लाले मैदानको बायाँ भागबाट मिलाइदिएको व्रmसमा अलखल्दीले डिबक्सभित्र निकै संयमपूर्ण तरिकाले बललाई नियन्त्रणमा लिँदै नजिकबाट गोल गर्नुभयो । डिबक्समा विमल घर्तीमगरको निगरानीमा रहे पनि अलखल्दीले चलाखीपूर्ण तरिकाले गोल गर्नुभएको हो । खेलको ३६ औँ मिनेटमा आफ्नो हेडरमा गोलपोस्ट बाधक बनेपछि निराश बन्नुभएका अब्दुल्लाले उत्तराद्र्धको २० औँ मिनेटमा गोलकर्तामा आफ्नो नाम लेखाउनुभयो ।  अब्दुल्लाले पेनाल्टीमा तेस्रो गोल गरी कुवेतको जित पक्का गर्नुभएको हो । आफ्नो ५० औँ अन्तर्राष्ट्रिय खेल खेल्दै गरेका अनन्त तामाङले डिबक्समा ह्यान्ड गरेपछि नेपालले पेनाल्टी बेहोरेको थियो ।

पूर्वाद्र्धमा कुवेतसँग कमजोर देखिएको नेपालले मध्यान्तरपछि टक्करको प्रदर्शन गरेको थियो । नेपालका इटालियाली प्रशिक्षक एनिसले पनि आफ्नो टिम युवा हुँदा कुवेतसँग सुरुमा अत्तालिएको प्रतिक्रिया दिनुभयो तर दोस्रो हाफमा मेरो टिमले जसरी खेले, त्यसमा मलाई गर्व छ । भविष्यमा यो टिम हेर्नलायक हुने छ । उहाँले भन्नुभयो “अब भारतविरुद्धको खेलमा नेपालले सुधारिएको प्रदर्शन गर्ने छ । मैले भारतमा करिब तीन वर्ष बिताएको छु । त्यसैले पनि मलाई यहाँको फुटबलबारे ज्ञान छ ।” प्रशिक्षक एनिसले आयुष घलानबाहेक पछिल्लो हप्ता फिलिपिन्सविरुद्धको मैत्री खेलमा उतारेको पहिलो रोजाइकै टिम उतार्नुभएको हो । आयुषको स्थानमा आज मनिष डाँगीले पहिलो रोजाइमा स्थान पाउनुभएको थियो ।

कुवेतका प्रशिक्षक रई बेन्टो जितपछि पनि आफ्नो टिमबाट खुसी देखिनुभएन । उहाँले भन्नुभयो, “नेपालले राम्रो खेल्यो । नेपाल क्षमता भएको सङ्गठित टिम हो । मेरो टिमले विशेष रूपमा दोस्रो हाफमा खासै स्वाभाविक खेल खेलेन तर पनि जितमा खुसी छु किनभने जितले तीन अङ्क दिएको छ ।” नेपालको कुवेतविरुद्ध दस खेलमा यो नवौँ हार हो । एक खेल बराबरीमा सकिएको थियो । नेपाली टिम : किरण लिम्बू (कप्तान), विमल पाण्डे, अनन्त तामाङ, लाकेन लिम्बू (आभाष लामिछाने, ८३ मिनेट), एरिक विष्ट, अञ्जन विष्ट, पुजन उपरकोटी (नवीन लामा, ६६ मिनेट), नवयुग श्रेष्ठ (आयुष घलान ४६ मिनेट), सनिस श्रेष्ठ, मनिष डाँगी (आशिष चौधरी, ७३ मिनेट) र रोहित चन्द ।

अनन्त ५० खेलको कोसेढुङ्गामा

नेपालका सेन्टर ब्याक अनन्त तामाङले बुधबार साफ च्याम्पिनसिप २०२३ मा कुवेतविरुद्ध खेलेर ५० औँ अन्तर्राष्ट्रिय खेलको कोसेढुङ्गा छुनुभएको छ । साफ च्याम्पियनसिप खेल्न भारतको बैङ्गलोरमा रहेको नेपाली टिमका अन्य तीन सदस्य कप्तान किरण लिम्बू, रोहित चन्द र अञ्जन विष्टले पनि ५० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसक्नुभएको छ । सन् २०१५ मा भारतविरुद्ध खेलेर अनन्तले अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेक्नुभएको थियो । अनन्तले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेल्ने बेला अन्तर्राष्ट्रिय खेल जीवन यति लामो हुनेछ भन्ने नसोचेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

भर्खरै प्रकाशित

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज