Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

महिलालाई पन्चेबाजा बजाउने तालिम

Author Avatar साझा न्यूज 22nd June 2023 , 3:05 PM
महिलालाई पन्चेबाजा बजाउने तालिम

गुल्मी, असार ७ गते । गुल्मीको मदाने गाउँपालिकाले स्थानीय महिलालाई पन्चेबाजा बजाउन तालिम दिएको छ । आत्मनिर्भर बनाई स्वरोजगार बनाउने तथा परम्परागत रुपमा रहेको लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ सो तालिम महिलालाई प्रदान गरिएको हो ।

पन्चेबाजा बजाउने सीप हस्तान्तरणसँगै संरक्षण गर्न मदाने गाउँपालिका र वडा –६ पुर्कोट दहको आयोजनामा मदाने आत्मनिर्भर महिला विकास समितिले सो तालिम महिलालाई प्रदान गरिएको हो । पुरुष मात्र होइन, महिला पनि हरेक काममा सक्षम र योग्य हुन्छन् भन्ने सन्देश दिनका लागि महिलालाई पन्चेबाजा बजाउने तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

त्यसअवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले परम्परागत रूपमा रहेको संस्कृति तथा लोकसंगितको जगेर्नाका लागि तालिम सञ्चालन गरिएको बताउनुभयो । महिलालाई तालिममा सहभागी बनाएर आत्मनिर्भर बनाउने भन्दै उहाँले सिकेको सीपलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।

गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले गुल्मीमै पहिलो नयाँखालको तालिम सञ्चालन भएको बताउनुभयो । यो तालिमलाई आगामी दिनमा थप प्रोत्साहन गरी प्रभावकारी बनाइने उहाँले चर्चा गर्नुभयो ।

गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले यो तालिम नयाँ भएको भन्दै यसबाट सिकेको सीप अरुलाई पनि सिकाउन सहभागीलाई आग्रह गर्नुभयो । तालिममा सहभागीलाई यहाँबाट प्राप्त गर्नुभएका कला, सीप प्रयोगगरी संस्कृति संरक्षणसँगै आर्थिक रूपान्तरणको अभियानमा लाग्न जरुरी रहेको बताउनुभयो ।

दश दिनसम्म स्थानीयस्तरमा तालिम प्राप्त गर्न पाउँदा सहभागीहरु उत्साहित भएको बताउनुभएको छ ।  पञ्चेबजा बजाउने तालिम राम्रो र प्रभावकारी भएको सहभागीहरुको भनाइ छ । समय अलि कम भएको गुनासो भए पनि आगामी दिनमा पनि पालिकाले यस्तो प्रकृतिको तालिम सञ्चालन गर्ने आशा गरेको सहभागी वसन्ता जिसीले बताउनुभयो ।

तालिममा एघार जना महिला सहभागी हुनुहुन्थ्यो । गाउँपालिकाद्वारा प्रोत्साहन र कोष खडा गर्न अभिप्रेरित गर्ने उद्देश्यले तालिममा सहभागीलाई तीन हजार रुपियाँ सहयोग प्रदान गर्ने गाउँपालिकाले जनाएको छ । तालिम अवधिभर रामचन्द्र सेवाले पन्चेबाजा बजाउन प्रशिक्षण दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

भर्खरै प्रकाशित

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज