Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पहिरोले पुरियो विद्यालय भवन

Author Avatar साझा न्यूज 25th June 2023 , 10:23 AM
पहिरोले पुरियो विद्यालय भवन

बैतडी, असार १० गते । अविरल वर्षाका कारण सिगास गाउँपालिका–८ स्थित लेकलुपुड माविको १२ कोठाको दुई वटा भवनमाथि पहिरो खसेको छ । बिहान एक्कासि माथिबाट पहिरो खस्दा ७२ लाख रुपियाँ लागतको चारकोठे नयाँ भवन र आठकोठे पुरानो भवन पहिरोमा पुरिएको हो ।

शनिबार सार्वजनिक बिदा भएकाले मानवीय क्षति नभएको बताइएको छ । बिहानदेखि परेको अविरल वर्षासँगै भवनमाथि पहिरो खस्दा विद्यालय भवन पुरिएको र अन्य संरचना जोखिममा रहेको विद्यालयका प्रधानाध्यापक हर्कबहादुर धामीले बताउनुभयो ।  कक्षा १२ सम्मको पढाइ हुने लेकलुपुड माविमा ३५० जना विद्यार्थी अध्ययनरत छन् । पहिरोले विद्यालय भवनमा क्षति पुगेपछि आइतबारदेखि विद्यार्थीलाई कहाँ राखेर पठाउने ? चिन्ता बढेको उहाँले बताउनुभयो । विद्यालयमाथि खसेको पहिरोले बाँकी रहेको भवन पनि जोखिममा परेको छ ।

विद्यालयमाथिबाट निरन्तर पहिरो खसिरहेकाले आइतबारको पठनपाठन गर्न समस्या भएकाले गाउँपालिकासँग समन्वय भइरहेको उहाँले बताउनुभयो । लेकलुपुड मावि च्वाँगढ क्षेत्रको सिगास गाउँपालिकामध्येकै अग्रणी विद्यालय हो । सङ्घीय सरकारको अनुदानमा गाउँपालिकाले ठेक्कामार्फत ७२ लाख रुपियाँमा नयाँ भवन निर्माण गरेको थियो । भवन निर्माणको काम सकेर रङरोगन चलिरहेका बेला नयाँ र पुरानो भवनमाथि पहिरो खस्दा करोडौँका संरचना जोखिममा परेको विद्यालयले जनाएको छ । सिगास बैतडीका १० वटै स्थानीय तहमध्ये सबैभन्दा बढी जोखिममा रहेको गाउँपालिकामा पर्छ । २०७८ र २०७९ सालमा सेती नदीको बाढीले सिगास गाउँपालिका–५ र ६ मा १०३ जना परिवारको घरखेत बगाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

भर्खरै प्रकाशित

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज