Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रेसुङ्गा नगरपालिकाको बजेट करिब ७२ करोड

Author Avatar साझा न्यूज 26th June 2023 , 4:42 PM
रेसुङ्गा नगरपालिकाको बजेट करिब ७२ करोड

गुल्मी, असार ११ गते । गुल्मीको रेसुङ्गा नगरपालिकाले झण्डै ७२ करोडको बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष २०८०–८१ का लागि रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले ७१ करोड ८८ लाख ७८ हजार ७६० रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो ।

असार ५ गतेदेखि सुरु भएको रेसुङ्गा नगरपालिकाको १३ औँ नगर सभाको पहिलो बैठकमा २३८ बुँदाको नीति तथा कार्यक्रम उहाँले प्रस्तुत गर्नुभयो । “समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान” नारालाई साकार पार्न शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, संस्कृति तथा खेलकुदलगायतका क्षेत्रलाई बजेटमा प्राथमिकतामा राखिएको नगरप्रमुख पन्थीले बताउनुभयो ।

प्रस्तुत बजेटमा चालु एवम् साधारण खर्चतर्फ ५४ करोड ६८ लाख ६६ हजार ७६० रुपियाँ र पुँजीगत एवम् विकास बजेटतर्फ १७ करोड २० लाख १२ हजार रुपियाँ उल्लेख छ । नगरप्रमुख पन्थीले आर्थिक विकासतर्फ एक करोड १९ लाख, सामाजिक विकासतर्फ ४० करोड ८५ लाख ७१ हजार ७६०, पूर्वाधार विकासतर्फ १५ करोड ९९ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ७० लाख, संस्थागत तथा प्रशासनिकतर्फ १२ करोड ४५ लाख सात हजार बजेट प्रस्तुत गर्नुभयो ।

बजेटमा कृषि र पशुपन्छीतर्फ ९३ लाख रुपियाँ, सहकारी उद्योग तथा वाणिज्य क्षेत्रको विकासका लागि १७ लाख रुपियाँ बजेट प्रस्तुत गर्नुभएको छ । आगामी आर्थिक वर्षलाई रेसुङ्गा भ्रमण वर्षको रूपमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको नगरपालिकाले पर्यटन क्षेत्रमा टेवा दिन १३ लाख रुपियाँ बजेट प्रस्तुत गर्नुभयो ।

नगर क्षेत्रभित्रको शिक्षा क्षेत्रको पूर्वाधार विकास, प्राविधिक शिक्षाको विकास र विस्तार, विद्यालय क्षेत्र सुधार, शिक्षामा गुणस्तर प्रवर्द्धन गर्न सशर्त अनुदान २० करोड ६८ लाख र निशर्त अनुदानतर्फ एक करोड ६५ लाख रुपियाँ रहेको छ ।

सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बनाउन वडाहरूमा आधारभूत स्वास्थ्य सेवा, स्वास्थ्य चौकीहरूको व्यवस्थापन सुधार, तम्घास अस्पतालको व्यवस्थापनलगायत स्वास्थ्य क्षेत्रको विकासका लागि तीन करोड ५६ लाख ८४ हजार रुपियाँ रहेको छ ।

खानेपानी तथा सरसफाइ सम्बन्धी कार्यक्रम सञ्चालकका लागि एक करोड रुपियाँ छुट्याइएको छ । सामाजिक समावेशीकरण संस्कृति प्रवर्द्धन र खेलकुद तथा मनोरञ्जन क्षेत्रको प्रवर्द्धनका लागि ५२ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

स्थानीय भौतिक निर्माणका लागि १६ करोड १९ लाख रुपियाँ बजेट प्रस्तुत हुँदा वातावरण तथा विपद् व्यवस्थापनका लागि ७० लाख प्रस्तुत गर्नुभएको छ । साथै संस्थागत विकास तथा सेवा प्रवाह र सुशासनको क्षेत्रमा १२ करोड ४५ लाख रुपियाँ छुट्याइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

भर्खरै प्रकाशित

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज