Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

खेर जाने बाँसबाट घरायसी सामग्री बनाउँदै इलामका महिलाहरू

Author Avatar साझा न्यूज 27th June 2023 , 10:37 AM
खेर जाने बाँसबाट घरायसी सामग्री बनाउँदै इलामका महिलाहरू

पशुपतिनगर(इलाम), असार १२ गते । इलामको सूर्योदय नगरपालिकाका तारा चाम्लिङ ६१ वर्षमा पुग्नु भयो । ६१ बर्षीया राई अहिले धमाधम बाँसका सामग्री बनाउने सीप सिक्दै हुनुहुन्छ । हातमा कुनै सीप नभएका राई अहिले बाँसका विभिन्न सामग्री निर्माण गर्न पोख्त भइसक्नु भएको छ । ‘आफू सँग कुनै सीप नहुँदा धेरै दुख पाइयो, अहिले सिकेको सीप बुढेसकालको सहारा बन्छ भन्ने आस गरेको छु ’ राईले भन्नुभयो ।

सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत कार्यक्रम अनुसार पाँच लाख १३ हजार रुपियाँ लगानी गरेर नगर क्षेत्रका २३ जनालाई बाँसका सामग्री बनाउने सीप सिकाई रहेको छ । बाँसबाट फूलदानी, टी बक्स, फुल प्रेम, बास्केट, मुडा, पेन स्टेन आदि बनाउने १५ दिने तालिम दिइरहेको छ । सूर्योदय नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाको समन्वयमा सञ्चालन भइरहेको तालिम नगर क्षेत्रका स्थानीयले बाँसका सामग्री बनाउन थालेका छन् ।

सूर्योदय नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारा शेर्पाले थोरै समय खर्च गर्दा धेरै सामग्री निर्माण गर्न सक्ने भए पछि सीप सिकेका स्थानीयले बेरोजगार बन्नु नपर्ने बताउनु हुन्छ । उहाँले भन्नुभयो ‘बाँसका उत्पादनलाई पर्यटकीय उपजका रूपमा जोड्नका लागि यो सीप सिकाएका हौ ।’

धनकुटाबाट आएर नीरबहादुर राईले स्थानीयलाई बाँसका सामग्री बनाउने सीप सिकाई रहनु भएको छ । प्रशिक्षक राई भन्नुहुन्छ ‘खेर गएका स–साना बाँसलाई पनि प्रयोगमा ल्याउन सकिन्छ, कम खर्च र थोरै समयमै सामग्री निमार्ण गर्न सकिन्छ ।’ उहाँले बाँसका सामग्री बिक्री गर्नका लागि बजारको समेत समस्या नरहेको बताउनु भयो ।

नगर क्षेत्रमा बाँस प्रशस्त पाइन्छ । बाँस खरिद गरेर सामग्री बनाउँदा पनि उत्पादकलाई कुनै समस्या नपर्ने नगरले जनाएको छ । नगर प्रमुख रणबहादुर राईले स्थानीयलाई सीप सिकाउने र ब्यवसायीक बनाउने नगरको उद्देश्य रहेको बताउनु भयो । नगरले सीप सिकेर बाँसका सामग्री निर्माण गर्नेलाई बजारीकरणमा समेत सघाउने योजना बनाएको छ । नगर प्रमुख राईले भन्नु भयो ‘बाँसका सामग्रीको बजार अध्ययन गरी नगरमा उद्योग समेत सञ्चालन गर्न सकिन्छ।’ सीप सिक्दै गर्नु भएकी सूर्योदय नगरपालिका ८ की मनिता राईले सीप सिकेर आफू बाँसका सामग्री निमार्ण गर्ने काममा ब्यवसायीक रूपमा लाग्ने बताउनु भयो । उहाँले भन्नु भयो‘हामीले सिप मात्र सिकेर भएर उद्योग स्थापना गर्न लगानीको वातावरण समेत निर्माण गर्नु पर्दछ ।’

सूर्योदय नगरपालिकाको महिला बालबालिका तथा समाज कल्याण शाखाले सीपमूलक तालिम अन्तर्गत बाँसका सामग्री निर्माण, खाद्य परिका बनाउने, कुखुरा पालन तालिम, उद्यमशीलता विकास तालिम, नेतृत्व विकास जस्ता विभिन्न तालिम सञ्चालन गर्दै आएको छ । शाखा प्रमुख शेर्पाले आगामी वर्ष देखि शाखाले सिप सिकेकालाई ब्यवसायीक बनाउन काम थालिने बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

भर्खरै प्रकाशित

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज