Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नागरिकता पाउँदा परिवारमा खुशी

Author Avatar साझा न्यूज 28th June 2023 , 11:08 AM
नागरिकता पाउँदा परिवारमा खुशी

तनहुँ, असार १३ गते । सर्वोच्च अदालतले नागरिकतासम्बन्धी कानुन कार्यान्वयन गर्न बाटो खोलेपछि नागरिकता पाउने परिवारमा खुशी छाएको छ । नागरिकता बनाउने उमेर पुगेपनि बनाउन नपाएका यहाँ बसोबास गर्ने परिवारलाई खुशी दिलाएको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँले सरकारले ल्याएको ऐन कार्यान्वयनमा ल्याएसँगै खुशी भएका हुन् । ऐन कार्यान्वयनमा आएसँगै तनहुँमा पाँच जनाले नागरिकता पाएका छन् ।

जिल्ला प्रशासन कार्यालय तनहुँबाट शुक्लगण्डकी नगरपालिका–५ का दुई जनाले र  भिमाद नगरपालिका–६ का तीन जनाले नागरिकता पाउनु भएको हो । शुक्लागण्डकीका आर्जु खातुन र सहिल अलिले नागरिकता पाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो ।

खातुनको वीरगञ्ज महानगरपालिका–२ मा २०५४ साल चैत्र १५ गते र अलिको सोही ठाउँमा २०५६ साल चैत्र १७ गते जन्म मिति रहेको र उहाँहरु दुवै जनाले वंशजको आधारमा नागरिकता प्राप्त गर्नु भएको गैरेले बताउनुभयो ।

यसैगरी भिमादमा एकै परिवार तीन जनाले नागरिकता प्राप्त गर्नु भएको छ । आइतबार नागरिकता पाउनेहरुमा भिमाद नगरपालिका–६ निवासी परी गुप्ता रौनियार, अनमोल गुप्ता रौनियार र नेहाल गुप्ता रौनियारले नागरिकता प्राप्त गर्नु भएको छ । उहाँहरु सबै एकै परिवारको र विरगञ्ज महानगरपालिका–१७ मा जन्म भएको गैरेले जानकारी दिनुभयो ।

परी गुप्ताको जन्ममिति २०६३ साल असोज ९ गते, अनमोलको २०६१ साल भदौ २१ गते, नहालको जन्ममिति २०६० असार १६ गते रहेको सहायक प्रजिअ गैरेले बताउनुभयो । गैरेका अनुसार भिमादको तीन र शुक्लागण्डकी दुई गरी पाँच जनाले नै वंशजको आधारमा नागरिकता प्राप्त गर्नु भएको हो । जन्मका आधारमा नागरिकता लिन १४ किसिमका कागजात आवश्यक पर्छ ।

नागरिकता प्राप्त गर्ने परिवारमा खुसियाली छाएको छ । नागरिकता पाएपछि आफ्नो परिवारलाई खुसी दिलाएको शुक्लागण्डकी–५ की आर्जु खातुनले बताउनुभयो । नागरिकता नहुँदा जागिर खान समस्या परेको उहाँको गुनासो थियो ।

खातुन भन्नुहुन्छ, ‘‘नागरिकता पाउने सपना पूरा भएको छ, धन्यवाद सरकार ।’’ प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले नागरिकता प्राप्त गर्ने परिवारहरु हर्षित भएको बताउनुभयो । रिजालले भन्नुभयो, ‘‘प्रक्रिया पूरा गरेर ल्याउनु भयो तुरुन्त नागरिकता पाउनुभयो, उहाँहरुले मौलिक अधिकार पाउँदा खुसीले उत्साहित भएको पायौं ।’’

जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता प्राप्त गर्न अनुसूची १ फारम भर्नुपर्छ । यस्तै, बाबु र आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, बुवा र आमा तथा नागरिकताका लागि आवेदन दिने व्यक्तिबीच फोटोसहितको नाता प्रमाणित प्रतिलिपि, बाबु र आमाको मतदाता परिचयपत्रको प्रतिलिपि, स्थानीय तहबाट स्थानीय बसोबास प्रमाणित किटानी सिफारिसको प्रतिलिपिलगायतका कागजात आवश्यक पर्ने प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

भर्खरै प्रकाशित

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज