Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मधेस प्रदेशमा नौ प्रतिशत मात्र धान रोपाइँ

Author Avatar साझा न्यूज 3rd July 2023 , 10:07 AM
मधेस प्रदेशमा नौ प्रतिशत मात्र धान रोपाइँ

वीरगञ्ज,  असार  १८ गते । अन्नको भण्डार मानिएको मधेस प्रदेशका जिल्लामा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन ।

 

असारको तेस्रो सात्ता बित्नै लाग्दा अहिलेसम्म मधेस प्रदेशमा करिब नौ दशमलव ५२ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुन सकेको छ । समयमा वर्षा नहुदाँ यो प्रदेशको ९० दशमलव ४८ प्रतिशत खेत अझै बाँझो रहेको मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिझ धनुषाका निमित्त कमलदेव कुशवाहाले जानकारी दिनुभयो ।

अहिलेसम्म मधेस प्रदेशमा सबैभन्दा बढी सप्तरी र सिरहामा १५/१५ प्रतिशत र सबैभन्दा कम रौतहट, धनुषा, महोत्तरीमा पाँच/पाँच प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको निमित्त निर्देशक कुशवाहाले बताउनुभयो । लामो समयदेखि वर्षा नहुँदा वैकल्पिक सिँचाइको प्रबन्ध मिलाएरै भए पनि किसान धान रोपाइँ गरिरहेको उहाँको भनाइ छ ।

उहाँका अनुसार सप्तरी र सिरहामा १५/१५ प्रतिशत, सर्लाहीमा १२ प्रतिशत, बारामा १० प्रतिशत, पर्सामा छ प्रतिशत र धनुषा र बारामा ६०/६० प्रतिशत, सिरहा र सर्लाहीमा ५५/५५ प्रतिशत, रौतटहमा ५० प्रतिशत, महोत्तरीमा ४५ प्रतिशत र पर्सामा ४२ प्रतिशत मात्र धान रोपाइँ हुन सकेको छ । पर्सामा ५४ हजार सात सय ३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ ।

त्यस्तै सप्तरीमा कुल ८१ हजार छ सय ६८ हेक्टर खेतीयोग्य जग्गामध्ये ६८ हजार हेक्टर क्षेत्रफलमा, सिरहामा कूल ७३ हजार नौ सय १४ हेक्टर खेतीयोग्य जग्गामध्ये ५४ हजार हेक्टरमा धान रोपाइँ हुने गरेको छ । त्यस्तै महोत्तरी जिल्लामा ६७ हजार तीन सय ५२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार पाँच सय हेक्टरमा, बारामा ६२ हजार आठ सय २३ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ४६ हजार २० हेक्टरमा, रौतहटको ५३ हजार पाँच सय २० हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ३८ हजार एक सय हेक्टरमा धान खेती हुने गरेको मन्त्रालयले जनाएको छ ।

यस्तै धनुषामा ७६ हजार पाँच सय ३१ हेक्टर क्षेत्रफलको खेतीयोग्य जग्गामध्ये ५९ हजार हेक्टरमा र सर्लाहीको ८४ हजार छ सय ७८ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार सात सय हेक्टरमा धान रोपाइँ हुन्छ । हालसम्म सप्तरीमा १० हजार दुई सय हेक्टर, सिरहामा आठ हजार एक सय हेक्टर, सर्लाहीमा पाँच हजार पाँच सय २० हेक्टर, बारामा चार हजार छ सय दुई हेक्टर, पर्सामा दुई हजार आठ सय २८ हेक्टर, रौतहटमा एक हजार ७५० हेक्टर, धनुषामा दुई हजार नौ सय र महोत्तरीमा दुई हजार तीन सय ७५ हेक्टर जग्गामा मात्र धान रोपाइँ हुन सकेको निमित्त निर्देशक कुशवाहाले जानकारी दिनुभयो ।

समयमा वर्षा नहुनु, ढिलो गरी धानको बेर्ना तयार भएको, ढिलाई गरी धान रोपाइँ गर्ने प्रवृत्तिलगायतका कारण अन्नको भण्डार मानिएको मधेस प्रदेशमा यस वर्ष निरासाजनक रुपमा धान रोपाइँ भएको उहाँले बताउनुभयो । लामो समयदेखि वर्षा नभएपछि अहिले किसान पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेका छन् भन्ने अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा छन् । एकातिर किसानले जेनतेन वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर धान रोपाइँ गरे पनि वर्षा नहुदाँ रोपाइँ सुक्न थोलेको छ ।

“पान्नी तान्ने मोटर लगाएरै करिब पाँच कठ्ठा जग्गामा धान रोपाइँ गरे”, पर्साको बहुदरमाई नगरपालिका–५ का किसान नवलकिशोर साहले भन्नुभयो, “वर्षा ठयाप्पै रोकिएपछि अहिले एकातिर धान रोपाइँ गर्न पाएका छैनौँ भने अर्कोतिर रोपिएको धानसमेत सुक्न थालेको छ”, अब पनि केही दिन पानी नपरेर ठूलो खडेरीको मार खेप्नुपर्ने हुन्छ, उहाँको चिन्ता छ ।

सिँचाइबाहेक मलखाद्य र कृषि मजदुरको आभावमा पनि बर्सेनि धानखेती प्रभावित हुँदै आएका छन् । एकातिर सिँचाईको अभाव अर्कोतिर आवश्यकताअनुसार कृषि मजदुर नपाइने गरेकाले धान रोपाइँमा समस्या हुने गरेको किसानको गुनासो छ । यसरी सिँचाइ, मलखाद्य र मजदुरको आभावमा मधेस प्रदेशमा धान रोपाइँ प्रभावित हुँदा खडेरीको चिन्ता बढेको कृषि विज्ञको भनाइ छ । मधेस प्रदेशका जिल्लामा बर्सेनि भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

लागत साझेदारीमा बर्सिम र जई घाँसको बीउ वितरण गरिँदै

भर्खरै प्रकाशित

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज