Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जनजीविका बदल्ने मुख्य अभिभारा हाम्रो छ

Author Avatar साझा न्यूज 4th July 2023 , 12:04 PM
जनजीविका बदल्ने मुख्य अभिभारा हाम्रो छ

चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादी स्थानीय सरकारको नेतृत्व तहमा आफ्नो समुदायबाट पुग्ने सम्भवतः पहिलो व्यक्ति हुनुहुन्छ। मध्यपहाडी राजमार्ग आसपासमा सरकारले विकास गरिरहेको प्रमुख १० सहरमध्ये एउटा हो, रुकुमपश्चिमको चौरजहारी नगरपालिका। उहाँले सो नगरपालिकाको नेतृत्व गरेको पनि एक वर्ष बितेको छ। उत्पीडित वर्गको प्रतिनिधित्वका रूपमा स्थानीय सरकारको नेतृत्व गरिरहेका वादीले सहरोन्मुख नगरवासीका विकाससम्बन्धी असीमित चाहनाको सम्बोधन गर्नुपर्ने चुनौती पनि सामना गरिरहनु परेको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित वादीसँग नगरपालिकाले गरेका काम, आगामी योजना, प्राथमिकता, समस्या तथा चुनौतीका विषयमा गोरखापत्रका रुकुमपश्चिम समाचारदाता राजु लामिछानेले गर्नुभएको कुराकानीको सम्पादित अंश :

यो एक वर्षको अवधिमा के कस्ता चुनौती भोग्नुभयो ?

जनताका आवश्यकता असीमित छन् तर बजेटको सीमा छ। आवश्यकता र स्रोतबिच अन्तरविरोध छ। त्यसैले जनताका गुनासा छन्। विकासका काममा अपनत्व कमी छ, बुझाइमा एकरूपता छैन। सिकाइका रूपमा वर्ष दिन हेरिएको छ। अब कामको रफ्तार बढाउँदै छौँ। बजेट अनुसारको कार्यक्रम बनाइयो, बजेट फेरि फिर्ता लिइँदा कार्यक्रमले परिणाम दिन सकेन। गुणस्तरीयता कायम गर्न चुनौती भयो।

तपाईंको पालिकामा गर्नैपर्ने कामहरू के कस्ता छन् ? कसरी गर्ने लक्ष्य छ ?

उत्पादन र स्वरोजगारमा हाम्रो ध्यान गएको छ। यस वर्ष हामी कृषि र पशुपालनमा केन्द्रित हुन्छौँ। रोजगार सिर्जना गर्ने श्रममा आधारित योजना बनाउँछौँ। नगरको जनशक्ति एकीकृत गर्छौं। सर्तमा आधारित योजना र बजेट बनाउँछौँ। लक्षित वर्गलाई सहज र सरल सेवा दिन्छौँ। सामाजिक सुरक्षा भत्ता, शिविरहरू, गर्भवती जाँचलगायतका कार्यक्रम गाउँमै गर्छौं। शिक्षामा तहगत घटुवा गरेर कक्षा ५, ८ र एसइईमा मोडेल परीक्षा प्रणाली सुरु गर्छौं। शिक्षामा गुणस्तर बढाउन दुई विद्यालयलाई आवासीय विद्यालयका रूपमा सञ्चालन गर्छौँ।

अहिलेसम्मका मुख्य उपलब्धि के के हुन् ?

यहाँ वर्षौंदेखि खानेपानीको हाहाकार थियो। स्थानीय सरकारले घर घरमा खानेपानी पु-याएको छ। यहाँका ८० प्रतिशत घरमा ‘एक घर एक धारा’ पुगेको छ। पाँच युनिटसम्मको खानेपानी निःशुल्क गरेका छौँ। स्वास्थ्य क्षेत्रमा लगानी बढाएर गाउँ गाउँमा स्वास्थ्य संस्था थपेका छौँ। यो वर्ष नगरभर एक हजार दुई सय परिवारको निःशुल्क बिमा गरिदिएका छौँ। अब करिब दुई हजार पाँच सयको बिमा गर्छौं। गर्भवती महिलालाई गाउँमै भिडियो एक्सरे सेवा, दीर्घ रोगीलाई मासिक पाँच हजार दिने गरेका छौँ।

हावापानी सुहाउँदो खेती प्रणालीलाई जोड दिएका छौँ। कृषकले फाइदामा बेच्ने अवस्था भयो भने आफैँले बिक्री गर्ने र घाटा हुने अवस्था भएमा नगर सरकारले हेर्ने गरी व्यवस्था गरिएको छ। नगर बस सेवा सञ्चालनमा छ। यसले गर्दा वडाका सबै नागरिकमा यातायातको सहज पहुँच पुगेको छ। प्रदेश र सङ्घीय सरकारसँगको समन्वयमा रङ्गशाला, प्रहरी तालिम केन्द्र, पचास शय्याको अस्पताल, विभिन्न उद्योग निर्माण तथा सञ्चालनका क्रममा छन्।

नश्ल सुधारमा लागि २० वटा बोयर बोका ल्याएका छौँ। मालिकामा पर्यटन प्रवर्धनका कार्यक्रम सुरु गरिएको छ। बाल सञ्जाल गठन गरेर विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेका छौँ। अन्तरजातीय विवाहलाई प्रोत्साहन कार्यक्रम सुरु गरेका छौँ। छ वटा विद्यालयमा आइटी ल्याब र दुई वटामा विशेष ल्याब बनाएका छौँ। दुई वटा लिफ्ट सिँचाइ बनाएका छौँ। किसानको उत्पादन लक्षित गरेर चिस्यान केन्द्र तयारी गरेका छौँ। २३० वटा घर खरका छानामुक्त बनाएका छौँ। विद्यालयमा स्टेसनरी र पोसाक उपलब्ध गराएका छौँ। नगरमा एम्बुलेन्स सेवा सञ्चालन गरेका छौँ। सबै वडा कार्यालय र विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गरेका छौँ।

तपाईंको पालिकाका मुख्य समस्या के के हुन् र कसरी समाधान गर्ने योजना छ ?

हामीसँग नगरको जनशक्ति यकिन नभएकाले अब यकिन गर्दै छौँ। त्यसो भएमा रोजगारका काममा जोड्न सक्छौँ । टुक्रे योजनाले परिणाम नदिएकाले एकीकृत योजनामार्फत काम गर्दै छौँ। विकासका योजनामा गुणस्तर परीक्षणको समस्या छ। सङ्घीय सरकारले दिएको बजेट सीमा अहिले आएर घटाउँदा झन् समस्या भएको छ। सङ्घीय र प्रदेश सरकारका योजना हामीले अनुगमन गर्नुपर्ने तर सिफारिस तथा प्रतिवेदन आवश्यक नपर्ने अवस्था छ। डम्पिङ साइटको समस्या भएकाले फोहोर उठाउन सकिएको छैन। नयाँ सहर आयोजनामार्फत त्यो समस्या हल गर्दै छौँ। जनतालाई विकासको अपनत्व दिलाउनु छ। मानव संसाधन विकासका लागि अब हाम्रो ध्यान गएको छ।

नगरको विकासका लागि सङ्घीय र प्रदेश सरकारसँग के कसरी समन्वय गर्नुभएको छ ?

स्थानीय तहहरू स्वायत्त हुन् तर बजेटका सम्बन्धमा स्थानीय सरकार माग्ने, प्रदेश सरकार र सङ्घीय सरकार दिने जस्ता बनेका छन्। सङ्घ र प्रदेशले बेला बेलामा बजेट रोक्दा वा घटाउँदा समस्या भइरहेको छ। तीन वटै सरकारले एउटै क्षेत्रमा लगानी गर्दा दोहोरोपनको समस्या देखिन्छ। तीनै तहले काम गर्ने भनेको जनतासँगै हो तर चाप बढी हामीमाथि छ। औपचारिकस्तरमा समन्वय भए पनि व्यावहारिक रूपमा अलि समस्या छ।

समृद्ध पालिकाका लागि अबको चार वर्षको अवधिमा के के गर्ने योजना छ ?

हामीमाथि जनजीविका बदल्ने मुख्य अभिभारा छ। उत्पादन बढाउने, बजारीकरणमा ध्यान दिने, साना तथा मझौला उद्योग खोलेर स्वरोजगारी सिर्जना गर्नतर्फ केन्द्रित छौँ । युवा, महिला, एकल महिला, दलित, उपेक्षित, उत्पीडित तथा सीमान्तकृत समुदायको क्षमता अभिवृद्धि गर्ने, उनीहरूलाई मूल प्रवाहमा ल्याउने गरी योजना तर्जुमा गरिरहेका छौँ। चौरजहारीलाई उत्पीडित वर्गको सरकारका रूपमा उदाहरणीय बनाउनु छ। पछाडि पारिएकाको स्तर उठाउनु छ। वादी, कुमाललगायत एकदमै पछि परेका जातिका लागि विशेष सहुलियतका कार्यक्रम बनाएका छौँ । म आफैँ पनि वादी समुदायबाट प्रतिनिधित्व गर्छु। उहाँहरूलाई निराश नपार्ने गरी काम गरिरहेको छु।

अबको बाटो सामाजिक रूपान्तरणको हो। हाम्रा कला, संस्कृति, पुराना सम्पदा जोगाउन जरुरी छ। विभेद अन्त्य गर्ने, सामाजिक सद्भाव कायम गर्ने, श्रमदान बढाउने, विकासलाई अपनत्व गर्ने खालका कार्यक्रमतर्फ हाम्रो ध्यान गएको छ। खाना नपुग्नेलाई पु-याउने, पुगेकालाई बचत गर्ने र बचत गरेकाले व्यवसाय गर्न साथ दिने हो। मैले चुनावताका मुख्य गरेर चार कुरा भनेको थिएँ। पहिलो, सबैको घरमा बत्तीको सुविधा दिन्छौँ। दोस्रो, सबैको घरमा स्वच्छ खानेपानी पु-याउँछौँ। तेस्रो, मुख्य सडक र वडासम्म पुग्ने सडक कालोपत्रे गर्छौं। चौथो, उत्पादनमा जोडेर स्वरोजगार सिर्जना गर्छौं। यी सबै कुरा अबको चार वर्षभित्र गर्छौं।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

भर्खरै प्रकाशित

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज