Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रिब्दिकोटको सडकले जनतालाई सास्ती

Author Avatar साझा न्यूज 4th July 2023 , 12:28 PM
रिब्दिकोटको सडकले जनतालाई सास्ती

पाल्पा, असार १९ गते । सडकले सुविधा दिन्छ कि सास्ती ? विकासको आधारभूत सर्त मानिने सडकले सुविधा दिनुपर्ने हो, तर रिब्दिकोट गाउँपालिकाको क्षेत्रमा पर्ने सडक सर्वसाधारणका लागि सुविधाभन्दा पनि बढी सास्ती बनेको छ ।

हार्थोक छहरा बतासे सडक खण्डअन्तर्गतका विभिन्न ठाउँमा गहिरो खाल्डाखुल्डी र हिलोका कारण साना तथा ठूला सवारी साधन सञ्चालनमा समस्या भएको छ । लगातार परेको अविरल वर्षाका कारण सडकमा भएका खाल्डाखुल्डीमा पानी भरिएकाले स्थानीयलाई हिँडडुल गर्न  कठिन भएको छ ।

बर्खाका कारण मुख्य सडक खण्डको रिब्दिकोट गाउँपालिकाको कार्यालय खस्यौलीदेखि कुसुम्खोला, गोहोदी हुँदै बतासेसम्मको सडकमा सवारी सञ्चालनमा र हिँडडुल गर्न समस्या भएको हो ।

रिब्दिकोट गाउँपालिकाका प्रमुख नारायणबहादुर कार्कीले भन्नुभयो, ‘‘गतवर्ष २५० जना स्वयम् सेवकको सहयोगमा आठ लाख बराबरको खस्यौलीदेखि बतासेसम्म खाल्डाखुल्डी पुर्ने काम भयो, मङ्सिरमा पुनः छ लाख खर्च गरेर बतासेसम्म मर्मत सम्भार गरियो तर वर्षा र सडकमा सवारी साधनको अत्यधिक चापले गर्दा प्रभावकारी हुन सकेन ।’’

प्रमुख कार्कीले आफू निर्वाचित भएर आएदेखि नै सडकका लागि पहल गरेको भए पनि सङ्घ र प्रदेश सम्बन्धित निकायले बेवास्ता नगरिदिँदा सडकको अवस्था सुधार गर्न नसकिएको बताउनुभयो । कार्कीले भन्नुभयो, “सोहोरसार र बाल उठाउन पालिकाबाट २५ लाख बजेट छुट्टाएका छौं, प्रदेशले एक करोड बजेट विनियोजन गरेको छ । यही साउनदेखि काम सुरु गर्ने प्रक्रियामा छौं ।”

राप्रपा पाल्पाका अध्यक्ष डुलबहादुर कुँवरले रिब्दिकोट गाउँपालिकाले डबका, पालुङ, मैनादिका शाखा सडकहरु मर्मत सम्भार गर्दै आएको बताउनुभयो ।

यसैगरी, समाजवादीका केन्द्रीय नेता सोमप्रसाद पाण्डे सांसद भएको बेला हार्थोक छहरा सडकअन्तर्गत मैनादी–छहरा बजार सडकखण्ड स्तरोन्नतिका लागि ५० लाख बजेट विनियोजन भएको थियो । तर स्तरोन्नति भने जस्ताकाे तस्तै छ ।

स्थानीयवासी तथा नेपाली कांग्रेसका नेता दिवाकर अर्यालले भन्नुभयो, ‘‘सडक छेउका बासिन्दाहरूको घरमा बस्ने अवस्था छैन, कहिले घर धुलोले छपक्कै छोपेको अवस्था हुन्छ । बर्खामा हिलोले सडक हिँडिसक्नु हुँदैन । गाडी, बाइक, चलाउनै नमिल्ने अवस्था हुन्छ । अनि सडक हाम्रा लागि सुविधा भयो कि सास्ती ?’’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

भर्खरै प्रकाशित

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज