Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीले पनि मतदान गर्न पाउने

Author Avatar साझा न्यूज 4th July 2023 , 2:39 PM
सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीले पनि मतदान गर्न पाउने

काठमाडौँ । निर्वाचन आयोगले चुनावको दिनमा अनुपस्थित हुनेलाई अग्रिम मतदान गर्न पाउने व्यवस्था प्रस्ताव गरेको छ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नभई हाललाई समानुपातिक निर्वाचन प्रणालीमा यो व्यवस्था गर्ने प्रस्ताव आयोगले गरेको हो।

वडागत रूपमा सम्भव नहुने भएकाले अहिलेलाई समानुपातिकतर्फ मात्रै यो व्यवस्था गर्न खोजेको आयोगले जनाएको छ ।

यो व्यवस्था कानुन बने चुनावको दिन मतदान गर्न असम्भव हुने अवस्थामा समानुपातिक प्रणालीमा अग्रिम मतदान गर्न सक्ने भएको हो।

त्यसका लागि आयोगले तोकेको दिन र मतदान केन्द्रमा उपस्थित भएर मतदान गर्न सक्ने व्यवस्था विधेयकको मस्यौदामा छ।

आयोगले यसमा भाग लिन छुट्टै अस्थायी मतदाता नामावली तयार गर्ने प्रस्ताव समेत गरेको छ।

सरकारी कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सुरक्षाकर्मी, निर्वाचनमा खटिएका कर्मचारी, थुनुवा वा कैदी र आयोगले तोकेका अन्य व्यक्तिलाई अस्थायी मतदाता नामावली दिन सक्ने भनिएको छ। उनीहरूले चुनाव अगावै मतदान गर्न सक्नेछन्।

उक्त नामावली निर्वाचन सकेसँगै स्वतः रद्द हुने आयोगले जनाएको छ।

मतदानको दिन निर्वाचन पर्यवेक्षण गर्न जाने निर्वाचन पर्यवेक्षक र मतदान हुने दिन वा त्यसअघि मतदान हुने दिनसम्म विदेश भ्रमण गर्ने मतदाताले पनि अग्रिम मतदान गर्न पाउने भनिएको छ।

त्यसैगरी व्यापार, व्यवसाय, रोजगारी वा स्वास्थ्योपचारका कारण आफ्नो मतदाता नामावली रहेको वडामा उपस्थित हुन नसक्ने मतदाताले पनि समानुपातिक प्रणालीमा अग्रिम मतदान गर्न सक्ने व्यवस्था प्रस्ताव गरेको हो।

हाल कार्यान्वयनमा रहेका कानुनहरूमा यो व्यवस्था छैन।

आयोगको सोमबार बसेको बैठकले निर्वाचन व्यवस्थापन विधेयक मस्यौदालाई गृह मन्त्रालयमार्फत कानुन बनाउन प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

भर्खरै प्रकाशित

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज