Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तीन जलविद्युत् आयोजनामा अर्बौँको क्षति

Author Avatar साझा न्यूज 6th July 2023 , 10:05 AM
तीन जलविद्युत् आयोजनामा अर्बौँको क्षति

ताप्लेजुङ, असार २१ गते । असारको पहिलो साता भीषण वर्षासँगै गएको बाढीपहिरोले दुई ठुला जलविद्युत् आयोजनामा क्षति पु-याउँदा करिब दुई अर्ब रुपियाँ बराबरको नोक्सानी भएको छ । प्रवर्धक कम्पनीका अनुसार आयोजनाको बाँधदेखि पाइपलाइन र प्रसारण लाइन हुँदै विद्युत्गृहसम्ममा बाढीपहिरोले क्षति गर्दा अर्बौं रुपियाँ बराबरको नोक्सानी हुन पुगेको हो ।

ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इन्द्रावती खोला र काबेली खोलाबाट उत्पादित तीन ठुला जलविद्युत् आयोजनामा बाढी पहिरोले क्षति पु-याएको हो । इन्द्रावती खोलाबाट उत्पादित ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत् आयोजनाको मात्र ७५ करोड रुपियाँ बराबरको क्षति भएको छ । आयोजनाका कार्यकारी निर्देशक कुवेरमणि नेपालका अनुसार उक्त बजेट बराबर बाढीपहिरोले क्षति पु-याएको अनुमान गरिएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का कार्यकारी सदस्यसमेत रहनुभएका नेपालले बाढीले इँवा खोला जलविद्युत् आयोजनाको बाँधमा क्षति पु-याएको बताउनुभयो । त्यस्तै एक किलोमिटर जति पाइपलाइन पहिरोले क्षतिग्रस्त बनाएको छ भने विद्युत्गृह र अन्य संरचनामा समेत क्षति गरेको उहाँले जानकारी   दिनुभयो । अब बर्खा मौसमभर पुनर्निर्माणको कार्य सुरु गर्ने अवस्था नरहेको पनि उहाँले बताउनुभयो । इँवा खोला जलविद्युत् आयोजनाको प्रवर्धक कम्पनीका रूपमा तत्कालीन रैराङ हाइड्रोपावर कम्पनी रहेको थियो ।

यस्तै अरुण काबेली पावर लिमिटेडको प्रवर्धनमा निर्माण भएको २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ मा पनि बाढीपहिरोले करोडौँको क्षति गरेको छ । काबेली ‘बी–१’ जलविद्युत् आयोजनाका साइड इन्चार्ज दिनेश न्यौपानेका अनुसार बाढीपहिरोले विभिन्न संरचनालाई ध्वस्त बनाउँदा करिब ५० करोड रुपियाँ बराबरको क्षति भएको छ । सबैभन्दा बढी आयोजनाको बाँध संरचनामा बाढीले क्षति गरेको न्यौपानेले बताउनुभयो । त्यसपछि करिब सय मिटर पाइपलाइन पूर्ण रूपमा क्षति भएको र विद्युत्गृहको पाइपसहित अन्य संरचनामा बाढीपहिरोले क्षति गरेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै १० मेगावाट क्षमताको काबेली ‘बी–१’ क्यासकेट जलविद्युत् आयोजनाको पनि विभिन्न संरचना बाढीपहिरोले ध्वस्त बनाउँदा करिब ६० करोड रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । क्यासकेट जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत डिल्ली सुवेदीका अनुसार बाढीले पाँच सय मिटर जति पाइपलाइन, विद्युत्गृह र प्रसारण लाइनका खम्बाहरू (पोल) मा क्षति पुगेको छ ।

यता काबेली ‘बी–१’ क्यासकेट जलविद्युत् आयोजनाको पुनर्निर्माणको कार्य सुरु गर्ने योजना बनाए पनि वर्षाको क्रम निरन्तर रहेकाले सम्भव नभइरहेको जनसम्पर्क अधिकृत सुवेदीको भनाइ छ । उहाँका अनुसार गत जेठ ३० र असार २ गते आएको बाढीले आयोजनालाई क्षति गरेको हो । काबेली ‘बी–१’ क्यासकेट आयोजनाको प्रवर्धक कम्पनी अरुण भ्याली हाइड्रोपावर कम्पनी रहेको छ । विगत चार/पाँच वर्ष अघिदेखि नै उक्त जलविद्युत् आयोजनाहरूबाट विद्युत् उत्पादन भई सञ्चालनमा रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

भर्खरै प्रकाशित

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज