Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तन्त्र सिद्धिका लागि तान्त्रिक साधना

Author Avatar साझा न्यूज 6th July 2023 , 10:48 AM
तन्त्र सिद्धिका लागि तान्त्रिक साधना

तन्त्र साधना र तान्त्रिक साधनाका बारेमा जनमानस एउटा भ्रमको भुँमरीमा अल्मलिएको छ। प्रायः मानिसले तान्त्रिक साधनाको अभ्यास अरूलाई खती पु¥याउन गरिन्छ भन्ने धारणा राख्छन्। साथै तान्त्रिकलाई प्रायः गरेर डरलाग्दो व्यक्तिका रूपमा चित्रण गरिन्छ।

यथार्थमा तान्त्रिक साधना भक्तिको अन्तिम खुड्किलो हो। यसै कारण यस क्षेत्रमा पाइला राख्नुभन्दापहिले नै तन्त्र साधना, तन्त्र सिद्धि र विभिन्न देवीदेवतालाई सिद्ध गर्ने तान्त्रिक प्रक्रियाहरू राम्ररी अध्ययन गरिनु पर्छ। जसरी पूजा आराधना अगाडिका कदम मानसिक उपासना हो ठीक त्यसै गरी मन्त्र सिद्धि र यन्त्र जागरण अगाडिको कदम हो, तन्त्र सिद्धि अर्थात् तान्त्रिक साधना।

मानिसले भगवान्को तान्त्रिक साधना प्राचीनकालदेखि गर्दै आइरहेका छन्। यही साधनाको बलमा उनीहरू ब्रह्मर्षि र राजर्षि जस्ता पद मात्र होइन बरु संसारमा जे चाह्यो त्यही र अन्त्यमा मोक्ष प्राप्त गर्न सक्षम भए। भगवान् शिवको तन्त्र साधना गरेर रावण र मेघनाथले शक्ति प्राप्त गरेका थिए। यति मात्र कहाँ हो र तान्त्रिक साधनाको भरमा भूत प्रेत आदिलाई आफ्नो अनुचर पनि बनाउन सकिन्छ।

प्राचीन धर्मग्रन्थहरूमा मन्त्र, यन्त्र र साधनाका बारेमा पर्याप्त जानकारी उपलब्ध छ। कतिपय ग्रन्थ त तन्त्रशास्त्रका बारेमा मात्रै लेखिएका छन्। शास्त्र अनुसार यन्त्र सम्मुखमा राखेर सम्पूर्ण अनुष्ठान विधिपूर्वक सम्पादन गर्दै आराध्यदेवको कुनै पनि मन्त्र निश्चित मात्रामा जप र त्यसपछि हवन आदि गर्नु तन्त्र साधनाको प्रारम्भिक रूप हो। यसै गरी डर र आपतविपतबाट रक्षा अथवा कुनै विशिष्ट सिद्धि या कार्य पूर्ण गर्नका लागि जुन मन्त्र जप र अनुष्ठान गर्ने गरिन्छ त्यो पनि तन्त्र सिद्धि नै हो।

यन्त्र पूजामा विशेष ध्यान दिँदै मन्त्र जप गर्नुको नाम यन्त्र साधना हो। जब यन्त्र र मन्त्र दुवैलाई समान महत्व दिएर कुनै विशेष प्रयोजनको सिद्धिका लागि पूर्ण विधि विधानपूर्वक यन्त्रको पूजन र मन्त्रको जप गर्ने गरिन्छ तब यही कार्यलाई तन्त्र साधना भन्ने गरिन्छ। भैरवको तान्त्रिक साधना त यति व्यापक रूपमा हुने गरेको छ कि प्रायःजसो मानिस भैरवको प्रत्येक आराधक–उपासकलाई तान्त्रिक नै ठान्दछन्।

आराधना उपासना र मन्त्र जप जस्तै नै तान्त्रिक साधना पनि उपास्य देवको विशेष कृपा, उनीप्रतिको अविचल भक्ति र मोक्ष प्राप्तिको उद्देश्यले गर्ने गरिन्छ। जहाँसम्म अरूलाई खती पु¥याउन र आफूप्रति आकृष्ट गराउन, यहाँसम्म कि अरूलाई मार्ने किसिमका साधना गर्ने साधकहरू प्रायःजसो लेखपढ गर्न नजान्ने अनाडि नै हुन्छन्। केही साधनामा भ्रष्ट भएका साधक पनि यस्तो साधनामा लागेको पाइन्छ। प्राण प्रतिष्ठित यन्त्र सम्मुखमा राखेर कुनै मन्त्र एकहोरो जप गर्दै गरेको व्यक्तिलाई पनि कतिपय मानिस तन्त्र साधक भन्ठान्छन्, वास्तवमा यस्तो क्रिया मन्त्र सिद्धि मात्र हो।

तान्त्रिक साधना गर्ने बेलामा आराध्य देवको प्रतिमालाई प्राण प्रतिष्ठा गरी पूर्ण शृङ्गार गरेर षोडशोपचारले विशेष भोग लगाइन्छ, घिउको एउटा दियो पनि साधना अवधिभरि बालेर राखिन्छ। तन्त्र आराधकले पूजाको एउटा विशिष्ट स्थान निर्धारित गरेर त्यहाँ उपास्यदेवको सानो मन्दिर बनाएर अखण्ड दियो बालेर षट्कर्मका लागि सिद्धि गर्ने समयमा सम्पूर्ण उपादानको प्रयोग त गर्छन् नै, साधकले प्रयोग गर्ने आसन र मालाले पनि विशेष महत्व राख्दछ।

विभिन्न देवताको तान्त्रिक साधना गर्ने बेलामा त्यस देवताको रुचि अनुकूल नै वस्त्र, भोग र अन्य वस्तु पनि समर्पण गर्नुपर्छ। कुनै पनि देवताको आराधना अथवा तान्त्रिक साधना गर्दा देवताको प्रकृति, स्वभाव अनुसारको वस्तु प्रयोग गर्नुपर्छ र अनि मात्र देवको पूजाबाट फल प्राप्त हुन्छ।

भैरव पूजाका लागि चमेलीको तेलमा गाजल मिसाएर आँखा र मुख साथै अन्य ठाउँमा सजाउनुका साथै चाँदीको केही अंश पनि प्रतिमा र वस्त्रमा टाँस्नु पर्दछ। भैरवले डमरू बजाएको र नृत्य गरेको अत्यन्त मन पराउने हुँदा साधकले हातमा डमरू र गोडामा चाँप बाँधेर साधना गर्नुपर्छ।

चाँदीको बज्ने पाउजुको अभावमा कालो अथवा रातो रेशमको धागोमा गाँसेर बनाएको चाप भैरवको साधना गर्दा उनको गोडामा बाँध्न अथवा नजिकै राख्न सकिन्छ। भैरव आफ्ना भक्तप्रति दयालु र दुष्टलाई कठोर दण्ड दिने गर्छन्। यसर्थ साधकले उनको मूर्तिको नजिक ५०–६० सेन्टिमिटर लामो लट्ठी राम्ररी सजाएर राखिदिनु पर्छ।

भैरवको तन्त्र साधनाका लागि एउटा ध्वजा पनि मूर्तिको छेउमा राख्नु पर्छ। मूर्ति पूजा र षोडशोपचार आराधना समान नै तान्त्रिक साधना गर्दा पनि सम्पूर्ण पूजा सामग्री प्रयोग गर्ने गरिन्छ तर यसको चयन गर्ने पनि एउटा निश्चित विधान छ। विशेष गरेर ध्यान राख्नुपर्ने कुरो के हो भने भैरवको सौम्य स्वरूपको सात्विक सिद्धि गर्ने बेलामा रातो रङका वस्तु र फूलको प्रयोग गर्ने गरिन्छ तर रौद्र रूपको तामसिक सिद्धि गर्ने साधकले रातो रङका साथसाथै गाढा कालो रङका वस्तु पनि प्रयोग गर्ने गर्छन्।

भैरव आराधना अथवा कुनै पनि तान्त्रिक साधना विधि विधानअनुसारका सामग्रीले गरिएन भने पूर्ण हुँदैन। भैरव पूजामा रातो रङको फूल नै प्रयोग गर्नुपर्छ, त्यसमा बास्ना होस् या नहोस् खास फरक पर्दैन।

तान्त्रिक साधनाको सिद्धिमा साधक बस्नका लागि प्रयोग गरिने आसन, जप गर्ने माला र बस्दाखेरी सम्मुख दिशाले पनि धेरै महत्व राख्दछ। तन्त्र साधकले रुद्राक्षको माला लगाउने र रुद्राक्षको मालाले नै जप गर्नु पर्दछ। भैरव आराधना र तान्त्रिक साधना गर्दा प्रयोग गरिने आसनको पनि धेरै ठूलो महत्व हुन्छ। शास्त्रमा भनिएको छ, भैरवको सात्विक पूजा आराधना र मन्त्र जपका लागि रातो रङको ऊनको आसन सर्वश्रेष्ठ फलदायक हो। आकर्षण र सम्मोहनका लागि बाघको छाला आसनका रूपमा प्रयोग सबै किसिमका सिद्धिका लागि समान रूपले श्रेष्ठ भनिएको छ।

भैँसीको छालाको आसन शत्रुलाई मार्ने र समूल नष्ट गर्ने प्रयोजन हेतुको अनुष्ठानमा प्रयोग गर्ने गरिन्छ। यसैगरी पश्चिमतर्फ फर्किएर स्तम्भन, उच्चाटन, रक्षण र विद्वेषण प्रयोजन साधना गर्ने गरिन्छ भने उत्तरतर्फ मुख गरेर भैरवको आराधना गर्नाले धनधान्य र लक्ष्मी प्राप्ति हुन्छ। मारणका लागि दक्षिण फर्केर तान्त्रिक क्रिया गर्दा सिद्धिप्राप्त हुन्छ भने प्रायः सात्विक साधनाका लागि पूर्व फर्केर रातो ऊनको आसनमा बस्नुपर्छ,  यो नै उपयुक्त तरिका हो।

तन्त्र साधना सात्विक र तामसिक हुने हुँदा यसको उद्देश्य पनि दुई प्रकारको हुन्छ। इन्द्रजालमा आध्यात्मिक विकास र लौकिक उपलब्धि प्राप्तिको प्रक्रियालाई नै शान्ति कर्म भनिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज