Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

झरीमा गरिएको कालोपत्रे उप्काउन निर्देशन


झरीमा गरिएको कालोपत्रे उप्काउन निर्देशन

रुकुमपश्चिम, असार २२ गते । नयाँ सहर आयोजनाले रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको मुख्य बजार लाइनमा गरिएको कालोपत्रे उप्काउन निर्देशन दिएको छ।

रुकुमपश्चिम नगरपालिका–२ स्थित नयाँ बजारमा बुधबार बेलुका गरिएको कालोपत्रे उतारेर नयाँ कालोपत्रे गर्न निर्देशन दिइएको हो।

चौरजहारी नयाँ सहर आयोजना कार्यालय अन्तर्गत क्याराभान कन्स्ट्रक्सनले कालोपत्रे गर्ने ठेक्का पाएको थियो। पानी परेको र सडकमा भल बगिरहेको बेला कालोपत्रे गरिएपछि आयोजनाले पुनः कालोपत्रे गर्न निर्देशन दिइएको हो। कमसल कालोपत्रे गरिएको भन्दै स्थानीयवासी र सरोकार निकायले चासो दिएपछि बिहीबार आयोजना कार्यालयले अनुगमन गरेको थियो।

आयोजना प्रमुख सुशील आचार्यका अनुसार पानी परिरहेको र सडकमा समेत पानी जम्मा भइरहेको बेला कालोपत्रे हाल्ने काम भएको पाइएकाले तत्काल सो काम सुधार गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको छ। पानीका बिचमा गरिएको कालोपत्रे निकाल्ने र बिग्रेको काम सुधार गर्न ठेकेदार कम्पनी सहमत भएको छ।

चौरजहारी नगरपालिका प्रमुख पुष्प वादी, नयाँ सहर आयोजना प्रमुख सुशील आचार्य, क्याराभान कन्स्ट्रक्सनका प्रतिनिधि यमराज थकाली, इन्जिनियर, स्थानीयवासीसहितको छलफलले बिग्रेको काम सुधार्न सहमति निकालेको हो। चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीले झरीकैबिच कालोपत्रे भइरहेको खबर पाएलगत्तै तत्काल काम रोक्न र बिग्रेको काम सुधारेर गुणस्तरीय बनाउन निर्देशन दिइएको बताउनुभयो।

ठेकेदार कम्पनीका प्रतिनिधि यमराज थकालीले कालोपत्रेको काम गर्दैगर्दा पानी परेकाले समस्या भएको बताउनुभयो। स्थानीय क्षितिज विष्टले स्थानीयले गरेको गुनासो सरोकारवाला निकायले सुनुवाइ गरेको बताउनुभयो। उहाँले झरी परिरहेको र भल बगिरहेको बेला पनि लापरबाहीपूर्ण तरिकाले कालोपत्रे गरिरहेकाले आफूहरूले सामाजिक सञ्जालसमेतमा त्यस कार्यको विरोध गरेको बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

अदालतले अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न दियो अनुमति

अदालतले अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न दियो अनुमति

सशस्त्रका प्रहरी सहायक हवल्दार घुससहित पक्राउ

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवविरुद्ध मुद्दा दायर

३३ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, ४० जेष्ठ नागरिकलाई सम्मान

३३ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, ४० जेष्ठ नागरिकलाई सम्मान

पेट्रोलियम पदार्थको मूल्य घटाउने सत्ता गठबन्धनको निर्णय

पेट्रोलियम पदार्थको भाउ बढेको भोलिपल्टै फिर्ता लिन प्रधानमन्त्रीको निर्देशन

भर्खरै प्रकाशित

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

मनसुन लम्बिएपछि मौसम विज्ञानको चेतावनी : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

मनसुन लम्बिएपछि मौसम विज्ञानको चेतावनी : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

Бонусы казино Pin Up за сентябрь 2023 бездепозитный за регистрацию, бонус коды на фриспины и промокоды от casino r

Pin up casino Пин ап казино вход на официальный сайт Зеркал

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज