प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएकी दाहालको आज बिहान निधन भएको हो ।
स्वास्थ्य अवस्था थप नाजुक भएपछि उपचारका लागि गएराति नर्भिक अस्पताल लगिए पनि उपचारकै क्रममा दाहालको निधन भएको हो ।