Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मधेशमा ९५ प्रतिशत ‘एचआइभी’ सङ्क्रमित औषधि सेवनको पहुँचमा

Author Avatar साझा न्यूज 12th July 2023 , 3:59 PM
मधेशमा ९५ प्रतिशत ‘एचआइभी’ सङ्क्रमित औषधि सेवनको पहुँचमा

धनुषा, असार २७ गते । मधेश प्रदेशमा पहिचान भएका तीन हजार ७१६ जना ‘एचआइभी’ सङ्क्रमितमध्ये तीन हजार ५१७ जना अर्थात् ९५ प्रतिशत सङ्क्रमित औषधि सेवनको पहुँचमा आइसकेको सरकारी एक तथ्याङ्कले देखाएको छ ।

स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले बुधबार जनकपुरधाममा ‘एचआइभी’ सँग सम्बन्धित लाञ्छना र भेदभाव न्यूनीकरणका लागि प्रदेशका जन प्रतिनिधिहरूसँग गरेको एक दिने अभिमुखीकरण कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्कमा यस्तो देखाएको हो । पहिचान भएकामध्ये पाँच प्रतिशत यस प्रदेशबाट अन्य प्रदेशमा गएको कारण सम्पर्कमा नआएकोले उहाँहरूले औषधि सेवन गरे-नगरेको विषय अन्योल रहेको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका फोकल पर्सन राजवीर यादवले बताउनुभयो ।

मधेश प्रदेशमा चार हजार ४०० जना ‘एचआइभी’को सङ्क्रमित हुनसक्ने अनुमान निर्देशनालयले गरेको छ । देशभरिमा अनुमानित ३० हजार सङ्क्रमितमध्ये २५ हजार ३३६ जनाको पहिचान भइसकेको र तीमध्ये २२ हजार ७३५ जना अर्थात् ९० प्रतिशत सङ्क्रमित औषधि सेवनको पहुँचमा रहेको बताइएको छ ।

मधेश प्रदेशमा चालु आर्थिक वर्ष २०७९-०८०को ज्येष्ठ मसान्तसम्ममा ३९ हजार ५२७ जनाको जाँच गर्दा ५६३ अर्थात् १.४ प्रतिशत व्यक्तिको नतिजा एच आई भी पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका स्वास्थ्य निर्देशक राजीव झाले जानकारी दिनुभयो । ‘एचआइभी’ सङ्क्रमित मधेश प्रदेशको आठ जिल्लामध्ये बारा जिल्लामा सबै भन्दा बढी एक हजार २८४ र सबैभन्दा कम सप्तरी जिल्लामा १७२ जना सङ्क्रमित रहेको स्वास्थ्य निर्देशक झाले जानकारी दिनुभयो । उहाँले धनुषामा ७६९ महोत्तरीमा ३३७, सर्लाहीमा ४६६, रौतहटमा ३४०, सिरहामा ३४१ र बारामा १८७ जना सङ्क्रमित रहेको बताउनुभयो ।

स्वास्थ्य निर्देशक झाका अनुसार मधेश प्रदेशमा १७६० जना अर्थात् ५० प्रतिशत सङ्क्रमित नियन्त्रणमा रहेको छ । उहाँले विगतमा भाइरल लोडको जाँच केन्द्रमै हुने गरेको थियो तर अब प्रदेश जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेशमा भाइरल लोडको जाँच समेत सुरु भइसकेकोले आउने दिनमा नियन्त्रण हुनेको सङ्ख्या बढ्ने बताउनुभयो ।

कार्यक्रममा सहभागी भएका एच आई भी सङ्क्रमितहरूले समाजबाट विभिन्न खालका लाञ्छना र भेदभाव सहनुपरेको गुनासो गरेका थिए । उनीहरूले आफूहरूको शरीरमा नभिड्ने र विभिन्न खालका गालीगलौज समेत दिने गरेको दुखेसो पोखेका थिए । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभाका सभामुखले एच आई भी सङ्क्रमितहरूलाई समाजमा मिलेर बस्ने वातावरण बनाउनका लागि

जनप्रतिनिधिहरू अग्रसर हुनुपर्नेमा जोड दिँदै प्रदेश सभा सदस्यहरूलाई संसदीय विकास कोषको दश प्रतिशत बजेट स्वास्थ्यका लागि छुटाउन आग्रह गर्नुभएको थियो । स्वास्थ्य निर्देशक झाको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वास्थ्य मन्त्री वीरेन्द्र प्रसाद सिंह, प्रदेश सभाका विभिन्न समितिका सभापति सहितको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

भर्खरै प्रकाशित

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज