Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कोशी प्रदेश : उपसभामुख अनुपस्थित भएमा मुख्यमन्त्री थापालाई विश्वासको मत लिन कठिन

Author Avatar साझा न्यूज 21st August 2023 , 6:58 AM
कोशी प्रदेश : उपसभामुख अनुपस्थित भएमा मुख्यमन्त्री थापालाई विश्वासको मत लिन कठिन

काठमाण्डाै – कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत लिने प्रक्रिया थप जटिल हुने देखिएको छ । सभामुखको समेत जिम्मेवारीमा रहनुभएकी उपसभामुख सिर्जना दनुवार आजको बैठकमा अनुपस्थित भएमा मुख्यमन्त्री थापालाई विश्वासको मत जुटाउन कठिन हुनेछ ।

कोशी प्रदेशको सरकार बनाउने र ढाल्ने जोडघटाउमा उपसभामुख दनुवारको उपस्थिति र अनुपस्थिति सङ्ख्यात्मक हिसाबले अर्थपूर्ण हुनेछ । उपसभामुख दनुवार वा प्रतिपक्षी दलले प्रदेशसभाको अध्यक्षता गरिदिने अवस्थामा मात्रै मुख्यमन्त्री थापाले विश्वासको मत पाउन सक्ने अङ्क गणितीय जटिलता छ । यसअघि मुख्यमन्त्री बन्नका लागि थापाले सभामुखको समेत हस्ताक्षर प्रयोग गरेको र अर्को पटक मुख्यमन्त्री बन्न सभामुखलाई नै राजीनामा गराएको कोशीमा विपक्षी गठबन्धनले थापालाई विश्वासको मत पाउनबाट रोक्न ठूलो सङ्ख्यामा सांसद अनुपस्थित गराउने तयारी गरिसकेका छन् ।

एमालेले उपसभामुख सिर्जना दनुवारलाई अनुपस्थित गराउने डरका कारण सत्ता गठबन्धनले प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई मन्त्रीमा नियुक्त गरेको थियो । तर मुुख्यमन्त्री थापालाई रोक्न एमाले र राप्रपाले मण्डल पछिका आठ जना ज्येष्ठ सदस्यलाई अनुपस्थित गराएर सत्ता गठबन्धन दलकै सांसदलाई सभाको अध्यक्षता गर्ने अवस्था सिर्जना गर्न लागेका छन् ।

आज दिउँसो १ बजे बस्ने बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका ७ र राप्रपाका एक प्रदेशसभा सदस्यले उपस्थित हुन नसक्ने सूचना हिजो नै उपसभामुखलाई दिएका छन् । उपस्थित हुन नसक्ने सूचना दिनेहरुमा एमालेका रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, खड्गबहादुर बस्नेत, तारादेवी ढकाल, किशोरचन्द्र दुलाल र ज्ञानेन्द्र सुवेदी तथा राप्रपा प्रदेशसभा सदस्य गोपालबहादुर विश्वकर्मा रहेका छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सत्ता गठबन्धनसँग ४७ मत मात्र छ ।

सत्ता गठबन्धनकै प्रदेशसभा सदस्यले बैठकको अध्यक्षता गर्नु परे थापाले विश्वासको मत पाउन सक्नुहुन्न । प्रदेशसभा नियमावली अनुसार बैठकको अध्यक्षता गरेका व्यक्तिले कुनै पनि प्रस्तावमा बराबर मत भएको अवस्थामा मात्र मतदान गर्न सक्ने व्यवस्था छ । विपक्षी सांसद अनुपस्थित भएपछि बराबर मत हुने सम्भावना रहँदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज