Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रवचन सुन्न शाश्वतधाममा भक्तजनको घुइँचो

Author Avatar साझा न्यूज 21st August 2023 , 2:02 PM
प्रवचन सुन्न शाश्वतधाममा भक्तजनको घुइँचो

कावासोती, भदौ ४ गते । पूर्वी नवलपरासीको दुम्कौलीस्थित शाश्वतधाममा सुरु भएको ‘हनुमान कथा वाचन सुन्नका लागि भक्तजनको भिड लागेको छ । हजारौँ भक्तजनको घुँईचो लागेसँगै पाण्डालभित्र प्रवेश सम्भव नभएकाहरूलाई बाहिरबाट सुन्न सकिने व्यवस्थासमेत मिलाइएको आयोजकले जनाएको छ । शनिबारदेखि सुरु भएको कथा वाचनको दोस्रो दिन २० हजारभन्दा धेरै भक्तजनहरू उपस्थित भएका चौधरी गुप्रका प्रबन्ध निर्देशक वरुण चौधरी बताउनुभयो ।

भारतको मध्य प्रदेशस्थित बागेश्वरी धामका संस्थापक तथा धार्मिक प्रवचन धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरी धाम सरकार) को प्रवचन सुन्नका लागी भारतको राजस्थान, उत्तर प्रदेश, बिहार, उत्तराखण्ड तथा पूर्वी नेपालको झापा देखिका भक्तजनहरूको शाश्वतधाममा बाक्लो भिड लागेको छ । नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका भक्तजनका कारण नवलपुरका सबै होटल बुकिङ भएका छन् भने होटल नपाउनेहरूले कथा वाचन गरिने पण्डाल र सडक किनारमा रात बिताएका छन् ।

शाश्वतधाममा हुने कथा वाचनमा सर्वसाधारणको भिड बढ्दै गएपछि व्यवस्थापनका लागि दुई सय सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “हनुमान कथा सुन्न आउनेको भिड थामी नसक्नु छ । सुरक्षाकर्मीसँगै चौधरी ग्रुपले आफ्नै निजी सुरक्षा गार्ड र संयमसेवकहरु समेत परिचालन गरेको छ ।” पूर्वपश्चिम राजमार्गमा चल्ने सवारी साधनमा समेत चाप बढेको छ भने दुम्कौलीदेखि दलदलेसम्म सडकमा नै भक्तजन भरिँदा सवारी पासमा कठिनाइ भएको उहाँले बताउनुभयो ।

नेपालको अग्रणी औद्योगिक तथा व्यापारिक घराना चौधरी गुप्रले व्यवस्थापन गरेको शाश्वत धाम सोही उद्योग ग्रामभित्र रहेको छ । यहाँ सुरक्षा व्यवस्था मजबुत पारिएको छ भने उल्लासमय वातावरणमा धार्मिक पर्यटनको मेला लागेको छ । भदौ ४ गतेसम्म तीन दिन चल्ने कथा श्रवण गर्नका लागि देशका विभिन्न जिल्लाबाट उपस्थित भएका छन् । यो कार्यक्रममा जिल्लाको धार्मिक पर्यटन विकासमा समेत टेवा पुगेको यहाँका स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज