प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतरूपमा अनुमोदन गरिएको छ ।
आज भएको संसदीय सुनुवाई र त्यसपछि बसेको संसदीय सुनुवाइ समितिको बैठकले श्रेष्ठको नाम अनुमोदन गरेको हो । सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि अब राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।
श्रेष्ठले संसदीय सुनुवाइ समितिसमक्ष न्यायपालिका सुधारका लागि चुस्त र व्यवस्थित बनाउन आफ्नो १८ पन्ने कार्ययोजना पेश गरेका थिए ।
सन् १९८२ अप्रिल ९ मा उनले शाखा अधिकृतको अस्थायी दरबन्दीमा सरकारी सेवा सुरु गरेका थिए