पक्राउ परेका जग्गा दलाल भुषाल
साझा न्यूज । कपिलवस्तु
सामाजिक संजाल फेसबुकमा नेपाल प्रेस युनियनका जिल्ला उपाध्यक्ष गणेश पोखरेल विरुद्ध अपमानजनक अभिव्यक्ति लेख्ने जग्गा दलाल पक्राउ परेका छन् ।
अर्घाखांची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं. २ वस्ने जग्गा दलाल खडानन्द भुषाललाई प्रहरीले पक्राउ गरेकाे हाे ।
उनलाइ सामाजिक अपराध तथा नैतिकता विरुद्धको कसुरमा मुद्धा चलाएर जिल्ला प्रहरी कार्यालय तौलिहवामा थुनामा राखिएको छ ।
केही दिन अघि जग्गामा किन बेचको नाममा वाणगंगाकी राधिका भण्डारीलाई ठगी गरेको विषयलाई लिएर स्थानीय अनलाईनमा नेपाल प्रेस यूनियनका उपाध्यक्ष गणेश पोख्रेलले समाचार लेखेका थिए ।
सोही समाचार लेखेका पत्रकार गणेश पोख्रेलका विरुद्ध जग्गा दलाल भुषालले आफ्नो फेसबुक वालमा पत्रकार पोखरेलले १ लाख रुपैया माग गरेको भन्दै पत्रकार पोखरेल र उनकी दिदीको फोटो राखेर चरित्र हत्या हुने खालको स्टाटस लेखेका थिए ।
यसका साथै पत्रकार पोख्रेललाई आफनो जग्गाको कारोवारको बिषयमा समाचार प्रकाशन गरेको भन्दै रातको समयमा उनका निकट व्यक्तिहरुले पटक पटक फोन गरि समाचार डिलिट गर्नका लागि धम्की समेत दिएका थिए ।
आफु विरुद्ध समाजिक संजालमा चरित्र हत्या गर्ने देखि टेलिफोन धम्कीहरु समेत आउन थाले पछि आफु बाध्य भएर जग्गा दलाल भुषाल विरुद्ध प्रहरीमा उजुरी गर्न गएको पत्रकार गणेश पोख्रेलले बताए ।
समाचारमा कुनै असत्य भएको भए र आफुले अनुचित ढंगबाट कहि कसैलाई जुन कुनै समयमा पनि रकम माग गरेको भए प्रमाणित गर्न समेत पत्रकार पोख्रेलले जग्गा दलाल भुषाललाई चुनौती दिदै आएका थिए ।
जग्गा दलाल भुषालले आफ्नो फेसबुक वालमा राखेको पत्रकार पोखरेल विरुद्धको स्टाटस
पत्रकार पोखरेलको जाहेरीको आधारमा प्रहरीले उनलाई रुपन्देहीको सैनामैनामा रहेको एक होटलबाट पक्राउ गरेको ईलाका प्रहरी कार्याल पिपराका प्रहरी निरिक्षक गोपाल रायमाझीले बताए ।
पक्राउ परेका भुषाललाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तौलिहवा पठाईएको छ, प्रहरी निरिक्षक रायमाझीले भने । पक्राउ परेका भुषाललाई सामाजिक अपराध तथा नैतिकताको विरुद्धको कसुरमा मुद्धा चलाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आम सर्वसाधारण वा सामाजिक पद धारण गरेको व्यक्तिका बिरुद्धमा बिना प्रमाण चरित्र हत्या गर्ने मनोसायले कुनै पनि व्यक्तिको पारिवारीक तथा सामाजिक प्रतिष्ठा माथि आच आउने खालका कुराहरु सामाजिक सञ्जालमा लेखेमा जो कोहीलाई पनि कानुन बमोजीम कारवाही हुने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।