तौलिहवा, भदौ १७ गते । सत्ता जोगाउनको लागि ठुलो ठुलो भष्ट्राचारीहरुलाई चोख्याउने कार्य भईरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले बताउनुभएको छ । नविन राप्रपा अन्र्तक्रिया तथा बृहत पार्टी प्रबेश कार्यक्रममा सो कुरा उहाँले बताउनुभएको हो ।
नेपाल शक्ति राष्ट्रहरुको प्रतिस्पर्धा स्थल बनेको बताउनु भएको छ । उहाँले भन्नुभयो ‘शक्ति राष्ट्रहरुको प्रतिस्पर्धा स्थल बनेको कारणले नेपाल कुनै पनि बेला द्धन्दको सिकार बन्ने खतरा बढेको बताउनुभयो ।’
ठूलो ठूलो भष्ट्राचारमा सबै ठूलो दलहरुको मिलोमतो रहेको उहाँको भनाई छ । आउने दिनमा परिर्वतनको पक्षमा जनता उभिएन भने देश नराम्रो तरिकाले फस्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘यी कांग्रेस र कम्यूनिष्ट भन्ने पार्टीहरु नामले अलग अलग जस्ता देखिन्छन् उस्तै परे मरामार पनि गर्छन ।’तर खासमा नाम अलग भएपनि एउदै पार्टी रहेको बताउनुभयो । ठूला ठूला भष्ट्राचारमा सबैको संलग्ता भएको बताउदै देशलाई बरबारद गर्नेकाममा सबै संलग्न रहेको बताउनुभयो । अध्यक्ष लिङदेनले सुशासन, विकास र जनताको सेवालाई केन्द्रविन्दुमा राखेर सरकार अगाडि बढ्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा राप्रपाका नेता ज्ञानेन्द्र शाहीले हामीले उठाएको कुरा एजेण्डा देशको हितमा रहेको बताउनुभयो । उहाँले ठुला विल्डींग बनेर देशको विकास नहुने बताउनुभयो ।
कार्यक्रममा राप्रपाका केन्द्रिय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश संयोजक रविन्द्र मिश्र, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, प्रदेश सभा सदस्य जानकी प्रसाद यादव, अजय थापा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा माओबादीका कपिलबस्तु नगरपालिका नगर प्रमुखका उम्मेदवार शत्रुहन चौधरी लगायतले विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रबेश गरेका छन् ।
कार्यक्रम राप्रपाका जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको अध्यक्षतामा भएको हो । यो समाचार आजको साझा न्यूज पत्रिकामा प्रकाशित छ ।