कपिलवस्तु, भदौ २१ गते । कपिलवस्तु नगरपालिका वडा नम्बर १० स्थित कुस्मा माबिलाई शुद्ध खानेपानी धारा जडानका लागि ५० हजार नगद हस्तान्तरण गरिएको छ । युवा अभियन्ता तथा लुम्बिनी विकास कोषका परिषद् सदस्य गोपी कृष्ण शर्माले बिद्यालयलाई धारा जाडन गर्न ५० हजार प्रदान गरेका हुन ।
उनले बिद्यालय मै पुगेर प्रअ सिता खनाललाई सो रकम हस्तान्तरण गरेका थिए । ६ महिना अघि बिद्यालयमा स्वच्छ खानेपानीको अभाव भएको भन्दै जानकारी आए पछि आफुले बिद्यालयलाई धारा जडानका लागि सो रकम दिएको बताए । ‘ बिद्यालयमा स्वच्छ खानेपानीको अभाव भएको कुरा थाहा पाए, धारा जाडनका लागि केही रकम दिए ’ उनले भने । यो रकमले बिद्यालयमा धारा जाडन गर्न मद्दत मिल्ने उनले बताए ।
बिद्यालयकी प्रअ खनालले बिद्यालयमा धारा नहुदा बिद्यार्थीहरुलाई खानेपानीको ठुलो समस्या भएको बेला अभियन्ता शर्माले ५० हजार दिएर ठुलो उपकार गरेका बताईन । धारा जाडन गर्न कुल ७५ हजार लाग्ने अनुमान छ । त्यस मध्ये ५० हजार जुटेको र बाकी रकम ब्यवस्था गरी अब धारा जाडन गर्ने प्रअ खनालले बताए ।
अभियन्ता शर्माले बाकी रकम समेत आफुले प्रबन्ध गरी बिद्यालयलाई दिने प्रतिबद्धता ब्यक्त गरे । यस अघि अभियन्ता शर्माले कोही पनि बिदार्थी खाली खुट्टा नहिड्न परोस भन्दै एक बिद्यार्थी एक जोर जुत्ता र २ जोर मोजा अभियान चलाएको थिए । जस अन्तर्गत गत बर्ष ४ बिद्यालयका ३ सय बढी बिद्यार्थीलाई जुत्ता मोजा समेत बाडेका थिए ।