रमेश मिश्रा । कपिलवस्तु
लुम्विनी प्रदेश सरकारका कृषि तथा भूमि संरक्षण मन्त्री भण्डारी लाल यादवले तौलिहवा स्थित कृषि ज्ञान केन्द्रको निरिक्षण तथा अनुगमन गरेका छन् ।
कार्यालय निरिक्षणका अवसरमा मन्त्री यादवले कार्यालयले अघिल्लो आर्थिक वर्षमा सम्पन्न गरेका मुख्य उपलब्धीहरु र चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमहरुको बारेमा जानकारी लिएका थिए ।
कार्यालय प्रमुख भाष्कर पौडेल तथा कर्मचारीहरु विच मन्त्री यादवले चालु आर्थिक वर्षमा विनियोजित बजेटको पूर्ण सदुपयोग ढंगबाट समयमै कार्यक्रमहरु सम्पन्न गर्न जोड दिएका छन् ।
सो अवसरमा कार्यालय प्रमुख पौडेलले कार्यालयको बजेट तथा कार्यक्रम पूर्ण पारदर्शी ढंगबाट १०० प्रतिशत नै खर्च गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मन्त्री यादव संग जनता समाजवादी पार्टीका संघीय परिषद केन्द्रिय सदस्य राम निवास यादव, लुम्विनी प्रदेश सदस्यहरु सन्दिप यादव र सन्तोष पाण्डेय, जिल्ला उपाध्यक्ष ईरफान खान लगायतको उपस्थिति रहेको थियो ।