Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा प्रहरी नै चढ्छन् चोरीका मोटरसाइकल

भारतीय माेटरसाइकलमा अवैध ढंगबाट प्रहरीले लु १८ प ६४३ नम्बर प्लेट लगाएर चढ्रने गरेकाे छ

Author Avatar साझा न्यूज 8th September 2023 , 10:43 PM
कपिलवस्तुमा प्रहरी नै चढ्छन् चोरीका मोटरसाइकल

अवैध रुपमा नेपाली नम्बर प्लेट ठोकेर मोटरसाईकल चढ्दै प्रहरी

कपिलवस्तु : नेपाल प्रहरीकै कर्मचारीहरू अवैध रुपमा चोरीको मोटरसाइकल चढ्ने गरेको पाइएको छ। अस्थायी प्रहरी पोष्ट जहदीका प्रहरी कर्मचारीहरूले चोरीको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा अवैध रुपमा नेपाली नम्बर प्लेट ठोकेर चलाइरहेको भेटिएको हो।

प्रहरीले चढ्दै आएको लु १८ प ६४३ नम्बर प्लेटको सेतो अपाची मोटर साइकल भारतीय चोरीको मोटरसाइकल हो। कपिलवस्तु नगरपालिका-६ जहदीमा प्रहरी चेकिङमा सो मोटर साइकल पक्राउ परेको थियो।

लामो समयसम्म सो मोटरसाइकल लैजान कागज पत्र लिएर कोही सम्पर्क गर्न नआएपछि प्रहरीले सो मोटरसाइकलमा नेपाली नम्बर प्लेट लगाएर चलाउने गरेको छ।

प्रहरीले प्रयोग गर्दै आएको सेतो रंगको सो मोटरसाइकलमा प्रयोग गरिएको लु १८ प ६४३ नम्बरमा ९७ सिसिको हिरो कम्पनीको स्पेल्डर प्रो मोटरसाइकल दर्ता रहेको यातायात व्यवस्था कार्यालय बुटवलमा रेकर्ड भेटिएको छ।

यातायात कार्यालयको रेकर्ड अनुसार लु १८ प ६४३ नम्बरको मोटरसाइकल धनी साविक पटना गाविस वडा नम्बर ७ का भोरवली थारु हुन्। तर अवैध रुपमा जहदी प्रहरीले नक्कली नम्बर प्लेट राखेर चोरीको भारतीय नम्बर प्लेटको मोटरसाइकल चलाउँदै आएको छ।

कुनै पनि प्रहरी कर्मचारीलाई अवैध ढंगले सरकारी काममा वा व्यक्तिगत कामा चोरीका सवारी साधनहरू चलाउने अधिकार नरहेको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी उमेश राज जोशीले बताए। ‘चोरीका सवारी साधन चलाउने प्रहरी कर्मचारीलाई प्रमाणित भए कारवाही हुन्छ,’ उनले भने।

आम सर्वसाधारणहरूलाई लाइसेन्स र ब्लु बुक घरमा छुटेको अवस्थामा पनि जरिवाना काट्ने दुःख दिने गरेको प्रहरीले भने आफैं चोरीको मोटरसाइकल खुलेयाम चढ्ने गरेका छन्।

यसरी प्रहरीले नै चोरीको मोटर साइकल चढ्ने तर सर्वसाधारणलाई दुःख दिने घटना प्रति जिल्लाका नागरिक अगुवाहरूले विरोध गरेका छन्। आज अन्नपूर्ण पोष्ट अनलाईनमा समाचार प्रकाशित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

भर्खरै प्रकाशित

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज