एसिया कप क्रिकेटकाे ‘सुपर फाेर’ मा भारतले पाकिस्तानलाई ३ सय ५७ रनकाे लक्ष्य दिएकाे छ ।
श्रीलङ्काकाे काेलम्बाेमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३ सय ५६ रन बनायाे । भारतका लागि विराट काेहली र केएल राहुलले शतक बनाए । बलिङतर्फ पाकिस्तानका शाहीन अफ्रिदी र शदाब खानले १/१ विकेट लिए ।