साझा न्यूज । तौलिहवा (कपिलवस्तु)
कुशे औशी तथा बाबुको मुख हेर्ने दिनको अवसर पारेर कपिलवस्तु नगरपालिका वडा नं. २ सागरटोल स्थित चन्द्रघन्टा दुर्गा मन्दिरमा जेष्ठ पिताको सम्मान गरिएको छ । चन्द्रघण्टा दुर्गा मन्दिर आमा समूहको आयोजनामा वडा नं. २ सागरटोलका समाजसेवी तथा अभिभावक माधव प्रसाद शर्मालाई सम्मान गरिएको छ ।
सो अवसरमा समाजसेवी माधव प्रसाद शर्मा बुबाको मुख हेर्नका लागि टोलका घर घरबाट प्रतिनिधित्व हुने गरी कार्यक्रममा सहभागी गराईएको कार्यक्रम संचालक सुरेन्द्र राज लम्सालले बताए । सम्मानित बुवा माधव प्रसाद शर्मालाई कार्यक्रममा स्थानीय समाजसेवीहरु खिमानन्द पोख्रेल, माधव प्रसाद शर्मा, बाबुराम भण्डारी, सुषमा शर्मा, सुजता सुवाल, चण्डिका घिमिरे लगायतले दिर्घायु तथा सुस्वास्थ्यको कामना गरेका थिए ।
सो अवसरमा सम्मानित हुनु भएका समाजसेवी माधव प्रसाद शर्माले आफुलाई टोल समाजले गरेको यो सम्मानबाट बांकी जीवन अझ सक्रिय भई समाजसेवामा खर्चिन थप प्रेरणा मिलेको बताए ।
कार्यक्रममा स्थानीय समाजसेवी सुरेन्द्र राज लम्सालको संचालनमा सम्पन्न कार्यक्रम महिला समाजसेवी अम्बिका लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो ।