साझा न्यूज । तौलिहवा
जनता समाज पार्टीका पूर्व जिल्ला इन्चार्ज मोहम्मद तौफिक खान जनमत पार्टीमा प्रबेश गरेका छन् । खान कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटाका पुर्व प्रधान तथा नयाँशक्ति पार्टीका केन्द्रीय परिषद सदस्य भएका थिए ।
खानलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य डा. सि के राउतले टीका र खादा लगाएर पार्टीमा प्रबेश गउराउनु भएको पार्टीका केन्द्रिय उपाध्यक्ष ई. नरेन्द्र प्रसाद चौधरीले बताउनुभयो ।