Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भारतविरुद्ध नेपालको जुझारु प्रदर्शन, खेल त हार्‍यो तर सम्मानजनक रुपमा

२३ रनले पराजित

Author Avatar साझा न्यूज 3rd October 2023 , 11:29 AM
भारतविरुद्ध नेपालको जुझारु प्रदर्शन, खेल त हार्‍यो तर सम्मानजनक रुपमा

चीनमा जारी एसियाली खेलकुदको क्रिकेटको क्वाटरफाइनल खेलमा नेपालले नं १ भारतसँग निकै जुझारु प्रदर्शन गरेको छ।

खेल २३ रनले हारे पनि नेपालले युवा स्टार खेलाडीले भरिएको भारतसँग सम्मानजनक खेल देखायो।

भारतले दिएको २०३ रनको विशाल लक्ष्य पच्छ्याएको नेपालले २० ओभरको पुरै खेल खेल्दै ९ विकेटको क्षतिमा १७९ बनायो। नेपालले खेलमा कुल १४ छक्का हानेको थियो।

यस प्रतियोगिताको लागि भारतले ऋतुराजको कप्तानीमा दोस्रो दर्जाको टिम पठाए पनि अधिकांश खेलाडीले राष्ट्रिय टिम र आईपीएलमा खेलिसकेका छन्।टी-२० क्रिकेटमा भारतको यो टिम र पहिलो टिममा धेरै भिन्नता पनि छैन।

राम्रो सुरुवात गर्दै ६ ओभरमा १ विकेट गुमाउँदै ४६ रन जोडेको थियो। तर यसपछि भने विकेट गुमाउन थाल्यो।

नेपालका ओपनर आसिफ शेख ६ बलमा १० रन जोड्दै पहिलो विकेटको रुपमा आउट हुँदा नेपालको रन २९ थियो।अर्का ओपनर कुशल भुर्तेल भने ३२ बलमा ४ चौका १ छक्कासहित २८ रनमा आउट भए।

यसपछि रवि विश्नोइले एकै ओभरमा नेपालको कप्तान रोहित पौडेल र कुशल मल्ललाई आउट गरेपछि नेपालले मात्र ७७ रनमा ४ विकेट गुमायो र ब्याटिङ दबाबमा आयो।

११ औं ओभरमा कुशल मल्ल २२ बलमा २ चौका २ छक्कासहित २९ रनमा बनाउँदै क्याच आउट भए। रोहित मात्र ३ रनमा एलबीडब्लू धरापमा परेका थिए।

तर यसपछि दीपेन्द्र सिंहले एकै ओभरमा शिभव् दुवेलाई लगतार ३ छक्का हान्दै दबाबलाई भारतीय बलरमा सारेका थिए। उनी १५ बलमा ४ छक्कासहित ३२ रनमा विश्नोइकै बलमा आउट भए।

सन्दिप जोराले पनि मात्र १२ बलमा १ चौका ३ छक्कासहित २९ रनको योगदान दिए। ठूलो लक्ष्य भएकाले आक्रामक खेल खेल्दा सोमपाल कामी ७ र गुल्शन झा ६ रनमा आउट भए।

त्यसैगरी सन्दीप लामिछाने ५ रनमा आउट भए भने करण केसीले २ छक्कासहित अविजित १८ रनको योगदान दिए। भारतका लागि आभेश खान र रवि विश्नोइले ३/३ विकेट लिएका थिए।

यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनायो। जसका लागि ओपनर यशस्वी जैसवालले शतक प्रहार गरे।

उनले ४८ बलमा ८ चौका र ७ छक्काको सहयोगमा १०० रन पुरा गरेका हुन्। तर शतक लगत्तै जैसवाललाई दीपेन्द्रले कप्तान रोहितमार्फत क्याच आउट गराए।

दीपेन्द्रले नै नेपाललाई पहिलो सफलता दिलाएका थिए। भारतका कप्तान ऋतुराज गाइक्वाडलाई २५ रनमा कप्तान रोहितमार्फत क्याच आउट गराएका थिए। दीपेन्द्रले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए।

त्यसैगरी सोमपाल कामीले तिलक बर्मालाई मात्र २ रनमा पेभोलिएनको बाटो देखाउँदा सन्दीप लामिछानेले जितेश बर्मालाई ५ रनमा आउट गरेका थिए।

१८ ओभरसम्म १६३ रन रहेको भारतले अन्तिम दुई ओभरमा ३९ रन जोड्यो। जसमा अन्तिम ओभरको २५ रनले स्कोर २०० रन कट्यो। जसका लागि रिन्कु सिंहले मात्र १५ बलमा २ चौका र ४ छक्काको सहयोगमा ३७ रन जोडे।

नेपालले भारतसँग टी-२० आई खेल खेल्न लागेको यो पहिलो पटक हो। गत महिना मात्र एसिया कपमा नेपालले भारतसँग पहिलो पटक एकदिवसीय खेल खेलेको थियो। एक महिनाभित्र नेपाल भारतसँग सानदार प्रदशर्न गर्दै दोस्रो पटक पराजित भयो।

नेपालले समूह चरणमा मंगोलियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो। टेस्ट टिम भएकाले भारतले भने जारी प्रतियोगितामा सिधैं क्वाटरफाइनलमा ठाउँ पाएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

भर्खरै प्रकाशित

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज