साझा न्यूज । तौलिहवा
गठबन्धनको सरकारमा सोचे जस्तो काम गर्न नसकेको नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री एवम् महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले बताउनु भएको छ । अगामी निर्वाचनमा कांग्रेस कसैको बैशाखी ठेकेर होइन् एक्लै लड्ने हिम्मत राख्नु पर्ने उहाँले बताउनुभयो । त्यसैले हामीले हाम्रो संगठनलाई बलियो बनाएर लानु पर्ने उहाँको भनाई छ ।
विगतलाई भुलेर आगामी दिनमा एक जुट भएर लाग्नु पर्ने उहाँको भनाई छ । नेपाली कांग्रेस जनताको पार्टी हो । उहाँले भन्नुभयो क्षमता र दक्षताको अधारमा कांग्रेस पार्टीमा अवसर पाइने बताउनुभयो । कांग्रेस एउटा मात्र पार्टी हो जसले जात र धर्मको अधारमा कसैलाई विभेद नगरेको उहाँको. भनाई छ । उहाँले पार्टीको नितिगत र शैद्धान्तिक कुरामा केही सुधार गर्नु पर्ने बताउनुभयो ।