Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न स्वीकृति


जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न स्वीकृति

सरकारले युरोपेली मुलुक जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले ती दुई मुलुकसँग श्रम सम्झौता गर्न स्वीकृति दिने र सोसम्बन्धी कार्यक्रममा सहभागी हुन श्रममन्त्री शरतसिंह भण्डारी नेतृत्वको प्रतिनिधिमण्डललाई तोकिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।

सरकारले नेपाल र स्विट्जरल्यान्ड तथा नेपाल र रुवाण्डाबीच द्विपक्षीय वार्ता तथा हवाई सेवा सम्झौता गर्न पनि स्वीकृति दिएको छ । बैठकले नेपाल र मलेसिया सरकारका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने निर्णयसमेत गरेको छ । मन्त्रिपरिषद्ले सिटी अफ लन्डनको मेन्सन हाउसमा आयोजना हुने उच्चस्तरीय लगानी सम्मेलनमा सहभागी हुन अर्थमन्त्री डा प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ ।

बैठकले राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि, २०६८ खारेज तथा विशेष अदालत नियमावली, २०८० स्वीकृति गरेको छ । मन्त्रिपरिषद्ले फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ को दफा १ को उपदफा २ अनुसार सो ऐनको प्रारम्भ हुन बाँकी दफामध्ये दफा १७ को खण्ड च, दफा २९ र ४० आगामी कात्तिक १ गतेदेखि प्रारम्भ हुने गरी तोक्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।सरकारले शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिनाका साथै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको कार्यक्रमका लागि अधिकृतस्तरका छ अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

जिल्ला समन्वय समितिको कार्यालयको सङ्गठन संरचना र दरबन्दी तेरिज संशोधन गर्ने, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अन्तर्गतमा अधिकृतस्तरको कूल एक सय ७२ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ । यसैगरी न्याय सेवा आयोगको सिफारिसबमोजिम न्याय सेवा, सरकारी वकिल समूह, राजपत्राङ्कित प्रथम श्रेणीका सहन्यायाधिवक्ता लोकराज पराजुलीलाई सोही सेवाको राजपत्राङ्कित विशिष्ट श्रेष्णी (सचिव) पदमा बढुवा गरी बेपत्ता परिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापन गर्ने निर्णय पनि गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । बैठकले अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)लाई नेपाल सरकारबाट सन् २०२१ देखि २०२३ सम्मको वार्षिक बजेट योगदानबापत कूल सात लाख ७५ हजार पाँच सय ३३ अमेरिकी डलर बराबरको रकम अर्थ मन्त्रालयमार्फत भुक्तान गर्न स्वीकृति दिएकोे छ ।

मन्त्रिपरिषद्ले नेपाल गणुस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यान्वयनका लागि विश्व बैङ्कबाट प्राप्त हुने एक सय मिलियन अमेरिकी डलर करिब १३ अर्ब ३५ करोड सहुलियतपूर्ण ऋण तथा तीन दशमलव ८४ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बैठकले आर्थिक विकासका लागि लगानी तथा नवप्रवर्तनसम्बन्धी आयोजना कार्यान्वयन गर्न स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने स्विस फ्र्याङ्क पाँच दशमलव४५ मिलियन अनुदान सहायता पनि स्वीकार गर्ने निर्णय गरेको छ । रासस


                                
	                            
                                                            

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सभापति पाँचपल्ट प्रधानमन्त्री हुनुभयो, अब युवाहरू अघि बढ भन्नु पर्छ : महामन्त्री शर्मा

सभापति पाँचपल्ट प्रधानमन्त्री हुनुभयो, अब युवाहरू अघि बढ भन्नु पर्छ : महामन्त्री शर्मा

मेलम्ची पुगेर मन्त्री यादवले भने –काठमाडौंवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ

मेलम्ची पुगेर मन्त्री यादवले भने –काठमाडौंवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ

कम बोल्छु, काम बढी गर्छु : शेरबहादुर देउवा

कम बोल्छु, काम बढी गर्छु : शेरबहादुर देउवा

हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री दाहालको अपिल

हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री दाहालको अपिल

रुपन्देहीको महुवारीमा स्कुलबसको ठक्करबाट २ को मृत्यू १ जना घाईते

रुपन्देहीको महुवारीमा स्कुलबसको ठक्करबाट २ को मृत्यू १ जना घाईते

गरिब घरपरिवार पहिचान गर्दै बालेन, २ सय ३० जनालाई रोजगारीको अवसर (सूचना)

गरिब घरपरिवार पहिचान गर्दै बालेन, २ सय ३० जनालाई रोजगारीको अवसर (सूचना)

भर्खरै प्रकाशित

सभापति पाँचपल्ट प्रधानमन्त्री हुनुभयो, अब युवाहरू अघि बढ भन्नु पर्छ : महामन्त्री शर्मा

सभापति पाँचपल्ट प्रधानमन्त्री हुनुभयो, अब युवाहरू अघि बढ भन्नु पर्छ : महामन्त्री शर्मा

मेलम्ची पुगेर मन्त्री यादवले भने –काठमाडौंवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ

मेलम्ची पुगेर मन्त्री यादवले भने –काठमाडौंवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ

कम बोल्छु, काम बढी गर्छु : शेरबहादुर देउवा

कम बोल्छु, काम बढी गर्छु : शेरबहादुर देउवा

हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री दाहालको अपिल

हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री दाहालको अपिल

रुपन्देहीको महुवारीमा स्कुलबसको ठक्करबाट २ को मृत्यू १ जना घाईते

रुपन्देहीको महुवारीमा स्कुलबसको ठक्करबाट २ को मृत्यू १ जना घाईते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज