सार्वजनिक शान्तिविरुद्धको मुद्दामा पक्राउ परेको धर्मगुरु आचार्य श्रीनिवास बिहीबार साँझ रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले उनीमाथि बुधबार सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको थियो ।
बिहीबार जिल्ला प्रशासन कार्यालय धनुषाले ५ सय जरिवना तिराएर रिहा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन आवले जानकारी दिए ।
असोज १२ गते जनकपुरधाममा निकालिएको एक र्यालीमा धर्मगुरु आचार्यले उत्तेजित अभिव्यक्ति र खुकुरी प्रदर्शन गरेका थिए । सोही घटनालाई लिएरमा उनीमाथि जिल्ला प्रशासन कार्यालय धनुषाले शान्ति सुरक्षाविरुद्धको मुद्दा दर्ता गरेको थियो ।