Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रिगलसँग भारतीद्वारा ५० लाख मागेको स्वीकार, को हुन् आशिष-सुमन-दीपक ? चक्रे मिलनका केटा सलबलाए

Author Avatar साझा न्यूज 10th October 2023 , 11:09 AM
रिगलसँग भारतीद्वारा ५० लाख मागेको स्वीकार, को हुन् आशिष-सुमन-दीपक ? चक्रे मिलनका केटा सलबलाए

काठमाडौं । चेतन मानन्धरकी पूर्वपत्नी भारती मानन्धर (शेर्पा)ले योगराज ढकाल ‘रिगल’सँग जेलमा भेट गरेर ५० लाख माग गरेको स्वीकार गरेकी छिन् ।

सोमबार प्रशारण भएको ‘क्राइम टिभी नेपाल’ नाम गरेको यूट्युब च्यानलसँगको अन्तर्वार्तामा भारतीले दाङको घोराहीस्थित कारागारमा गएर रिगलसँग भेट गरेको स्वीकार गरेकी छिन् । उनले भेटमा ५० लाख माग गरेको बताएकी छिन् । उनले सँगसँगै जेलभित्रै रिगलको हत्या गर्न खुकुरी बोकेर गएको दाबी पनि गरेकी छिन् ।

रिगलले पनि आफ्ना अन्तार्वार्ताहरूमा भारतीले विभिन्न युवाहरूको षड्यन्त्र र उक्साहटमा आफूसँग ५० लाख माग गरेको खुलासा गरेका थिए । भारतीले रिगलसँग चेतन मानन्धरको नामबाट ब्ल्याकमेलिङ गर्न थालेका कुराहरू बाहिर आएपछि घटनाले नयाँ मोड लिएको छ ।

रिगलको विषयलाई लिएर युवा संघले राजनीतिकरण गर्न खोजेको छ । बाँके जिल्लामा एमाले निकटको युवा संघमा आबद्ध केटाहरूले अबैध धन्दा चलाउँदै आएका छन् । ती अबैध धन्दा खोसिने हो कि भनेर युवा संघका केटाहरूलाई डर त्रास देखिएपछि भारतीलाई उचालेर हर्कत भएका छन् ।

जेलभित्र भारतीले खुकुरी बोकेर गएकी हुन् भने घोराही कारागारको सुरक्षा व्यवस्था निकै कमजोर छ । भारतीले भनेको कुरा सत्य हो भने कारागारका सबै सुरक्षाकर्मी र निजामती कर्मचारीहरूलाई हदैसम्मको कारबाही गर्नुपर्ने भएको छ ।

संविधान दिवसका अवसरमा बाँकी कैद मिनाहा भएर केही दिन अगाडि रिहाइ भएका रिगलको विषयमा भारतीले बबण्डर मच्चाएकी छिन् । चेतन मानन्धरको हत्या भएपछि भारतीले दोस्रो विवाह गरेकी थिइन् ।

भारतीले नीमा शेर्पासँग दोस्रो विवाह गरेकी थिइन् । नीमा शेर्पासँग पनि भारतीको खटपट चलेको छ । भारतीले नीमालाई अंशबण्डाको झमेलामा पारेको चर्चा छ ।

भारतीको अन्तर्वार्ताका अनुसार चेतन मानन्धकरका बुबाआमाले पनि भारतीको आन्दोलनमा साथ दिएका छैनन् । भारती कुन उदेश्य र कुन तत्वले उचालेर लागेकी हुन् खोजीको विषय बनेको छ ।

भारतीले पूर्वपतिलाई ‘आफ्नो पति’लाई न्याय दिने भनेर बबाल मच्चाएपछि संसार हाँस्न थालेको छ । भारतीसँग उनका आफ्नै छोरा पनि छैनन् । उनका छोरालाई चेतन मानन्धरका बुबाआमाले साथमा राखेका छन् ।

विवादास्पद अभिव्यक्ति दिँदै आएकी भरतीलाई एमाले निकटको युवा संघका नेता सुमन मल्ल, आशिष मल्ल ठकुरी, दीपक थापालगायतको समूहले उचालेको चर्चा छ ।

सुमन मल्लविरुद्ध विभिन्न अपराधका घटनामा नाम जोडिएका छन् । नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरको नाम लिएर सुमन मल्लले बाँकेमा धन्दा चलाउँदै आएका छन् ।

आशिष मल्ल ठकुरी ठगी काण्डमा परेका व्यक्ति हुन् । उनले सर्वसाधारणलाई पुलिस सेना बनाइदिन्छु भनेर रकम उठाएर ठगी गरेको आरोप छ । आशिषले आफूलाई अधिकारकर्मी बताउने गरेका छन् । उनले आफू कुनै पनि संगठनमा आवद्ध नरहेको बताएका छन् । तर, उनको कनेक्सन एमालेको युवा संघका नेता कार्यकर्ता र गुण्डा नाइके चक्रे मिलनका केटाहरूसँग देखिएको छ ।

दीपक थापा लागुऔषधमा जेल सजाय पाएर छुटेका व्यक्ति हुन् । उनले लागुऔषधबाटै कमाइ गरेर काठमाडौंमा घर जग्गा जोडेका छन् । दीपक थापालाई प्रहरीले लागुऔषध डिलरको रुपमा चिन्ने गरेको छ ।

एमालेबाट पालिकामा टिकट पाएर पराजित भएका सुमन मल्लले तत्कालीन समयमा मेनपावर सञ्चालक मधु क्षेत्रीलाई खुँडा हानेको आरोप छ । सुमनले विजय गुरुङलाई पनि धारिलो हतियार हानेको आरोप छ । समुन मल्लले नै कोहलपुरका तत्कालीन डीएसपी हेमजंग शाहीसँग मिलेर सन्दीपजंग शाहलाई हतियार र खसी काण्डमा फसाएको आरोप छ ।

सुमन मल्ल र ज्ञाने वलीको निर्देशनमा विनोद खड्का, नारायण भण्डारी, नारायण डाँगी, प्रकाश रसाइली, राम सुनार, प्रकाश थापालगायतको गिरोहले अनुराग शाह र उज्वल शाहलाई खुँडा हानेर आक्रमण गरेका थिए । अनुराग र उज्वल नेपाल तरुण दलमा आबद्ध छन् । उनीहरू रिगल निकटका हुन् ।

सुमन मल्लको गुण्डा नाइके चक्रे मिलनसँग पनि कनेक्सन भेटिएको छ । नेपालगञ्जमा चक्रे मिलनको सुरक्षा दिने भनेर बन्दुक बोकेर हिँडेका गणेश बोगटी, एमालेबाट वडाध्यक्षमा निर्वाचित ज्ञाने वली र सुमन मल्ल एउटै ग्याङका केटाहरू हुन् ।

सुमन मल्लको ग्याङले नेपालगञ्जमा काठ तस्करी, जुवा खेलाउने, ढुंगा गिट्टीबालुवा, क्यासिनो, क्यासिनोभित्र अनैतिक क्रियाकलाप, गाडी, महँगोमा व्याज लगाउने, कर छली र तस्करी, लगायतका अबैध गतिविधिमा हात हालेको आरोप छ । सुमन मल्लका गतिविधिलाई प्रहरीले निगरानी गरेको जनाएको छ ।

एमाले निकटका सुमन मल्लाको ग्याङले नेपाली कांग्रेसका नेताहरूलाई पनि मिलाएका छन् । मधु क्षेत्रीलाई सुमनको नेतृत्वले खुडा प्रहार गरेपछि मुद्दा दर्ता भएको थियो । पछि त्यो मुद्दा मिलाइएको थियो । रिगलका मिल्ने साथी हुन् मधु । साेही कारण हतियार हानेका थिए ।

विजय गुरुङलाई सुमन मल्लको नेतृत्वमा ज्ञाने वली, सुरज शाह, विनोद खड्काले धारिलो हतियार हानेपछि ज्यान मुद्दा लागेको थियो । विजय पनि रिगलकै साथी हुन् । साेही कारणले विजयलाई सुमन मल्लकै नेतृत्वमा सुमन मल्ल, ज्ञाने वली, सुरेश शाह लगायतले खुँडा हानेका थिए । विजयकाे हात नै काटिएकाे छ ।

गुण्डा नाइके चक्रे मिलनसँग निकट रहेका र बाँकेमा चक्रे मिलनको धन्दा सम्हालेका ज्ञाने वली राप्ती सोनारी गाउँपालिकाको वडा नं. २ को वडाध्यक्ष हुन् । ज्ञाने वली एमालेबाट निर्वाचित भएका हुन् । बाहिर अपराध चलाउनेमा रिगलकाे नाम चर्चामा रहे पनि सुमन मल्लकाे समूह एमालेकाे स‌रक्षणमा गतिविधि गर्दै हिँडेकाे छ ।

आरोपहरूका बारेमा भारती, सुमन, आशिष, ज्ञाने लगायतसँग प्रतिक्रिया लिन प्रयास गर्दा सम्पर्क हुन सकेन ।- रिपब्लिका दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

भर्खरै प्रकाशित

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज