काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । धक्काले दशैंको रमाइलोमा रहेकाहरुलाई झस्काएको छ । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।
काठमाडौँको चन्द्रागिरि नगरपालिकामा पर्ने दहचोकका स्थानीयले निकैबेर घर हल्लाएको बताएका छन् । भूकम्पविद् लोकविजय अधिकारीले काठमाडौँ उपत्यकामा भूकम्प गएको पुष्टि गरे । ‘केन्द्रबिन्दु र रेक्टर स्केलका विषयमा हामी केही बेरमा निश्चित गर्नेछौं’, उनले भने ।