साझा न्यूज । तौलिहवा
नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कपिलबस्तुको २१ औं जिल्ला सम्मेलन मंसिर २८ गते हुने भएको छ । अखिल (क्रान्तिकारी) को पदाधिकारी सँगठनका जिल्ला अध्यक्ष एवम केन्द्रिय सदस्य हरिश चन्द्र खनालको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकले सँगठनलाई पार्टीको ३ महिने अभियानसँग जोडिएर साँगठनिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले पार्टीको अभियान सँगसगै सँगठन सुदृढीकरण एवम सँगठन विस्तार गर्दै सदस्यता वितरण गर्ने भएको छ । बैठकले सँगठनको २१ औ जिल्ला सम्मेलन २०८० साल मँसीर २८ गते जिल्ला सदरमुकाम तौलिहवा स्थित कपिलबस्तु नगरपालिकाको सभाहलमा गर्ने निर्णय भएको सँगठनका जिल्ला उपाध्यक्ष विजय पौडेलले जानकारी दिइएका छन् ।