Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमा धेरै महिला र बालबालिका

Author Avatar साझा न्यूज 4th November 2023 , 7:31 PM
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमा धेरै महिला र बालबालिका

शुक्रबार मध्यराति, नेपालीहरु मस्त निद्रामा रहेको बेला भूकम्पले सिंगो देश हल्लायो । तर, भूकम्पको सबैभन्दा बढी चोट जाजरकोट र पश्चिम रुकुमले व्यहोर्नुपर्‍यो । भूकम्पबाट जाजरकोटमा सबैभन्दा बढी जनधनको क्षति भएको छ भने पश्चिम रुकुममा पनि उसैगरी क्षति भएको छ ।

सामान्यतः मस्त निद्रामा पर्ने समयमा भूकम्प जाँदा भूकम्पको केन्द्र बिन्दु रहेको जाजरकोट र छिमेकी जिल्ला पश्चिम रुकुममा भूकम्पले ठूलो मानवीय क्षति पुर्‍यायो । भूकम्पमा परि अहिलेसम्म डेढ सय भन्दाबढी ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा महिला र बालबालिकाको संख्या धेरै रहेको छ ।

मध्यराति भएकाले भूकम्पलगत्तै उद्धार तथा खोजी कार्य हुन नसक्दा पनि भग्नावशेषमा च्यापिएर धेरैले ज्यान गुमाउनु परेको अनुमान गरिएको छ । भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटको बारकोटे गाउँपालिकामा कुनै पनि घर सग्लो नरहेको उद्धारमा पुगेका सुरक्षाकर्मीहरुले बताएका छन् । अन्य गाउँपालिकाहरुमा पनि अधिकांश संरचना भत्किएका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धार तथा खोजी गर्दा केहीलाई जिवितै उद्धार गर्न सफल भएका छन् । भूकम्पबाट भएका मानवीय क्षतिमा केही घटना हृदयविदारक समेत रहेका छन् ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ मा एकै परिवारका २७ जनाको मृत्यु भएको छ । यस्तै, जाजरकोटकै नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंह ठकुरीको समेत मृत्यु भएको छ । सरकारले उज्यालो हुनेवित्तिकै उद्धार तथा खोजीका लागि युद्धस्तरमा काम अघि बढाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल आफैं बिहान नै जाजरकोट पुगेर क्षतिको प्रत्यक्ष विवरण लिनुभयो भने सुरक्षा संयन्त्रहरुको समेत आकस्मिक बैठक समेत बस्यो । भुकम्प प्रभावित क्षेत्रमा भग्नावशेषमा च्यापिएकाहरुको खोजी र घाइतेहरुको उद्धार तथा उपचारमा कमी आउन नदिन सबै संयन्त्र परिचालन गरिएका छन् ।

सरकारले भूकम्पका घाइतेहरूको उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताललाई डेडिकेटेड अस्पताल तोकेको छ भने कोहलपुर मेडिकल कलेज लगायत नेपालगञ्जमा रहेका ठूला अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको छ ।

नेपाल वायुसेवा निगमका विमानहरुलाई अन्यत्रका उडान रोकेर चौरजहारी केन्द्रीत गरिएको छ । यसैगरी भेरी अस्पताल, सैनिक र प्रहरी अस्पतालका १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ । गम्भीर घाइतेहरुलाई नेपाली सेनाले हेलिकप्टरबाट राजधानीका अस्पतालमा समेत ल्याईरहेको छ । नेपाल टेलिकमले भूकम्प प्रभावित जिल्लाहरुमा पाँच दिनका लागि मोबाइल र एसएमएस सेवा निःशुल्क गरेको छ ।

भूकम्पलगायतका प्राकृतिक विपत्ति कसैको नियन्त्रणमा हुँदैनन् । यस्ता विपत्तिहरु आईसकेपछि हतास हुने भन्दा सामना गर्दै बेपत्ताहरुको खोजी, उद्धार, उपचार र पुनस्थापनालाई व्यवस्थित बनाउनु जरुरी हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

भर्खरै प्रकाशित

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज