कपिलवस्तु कार्तिक २० गते । शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीलाई कारबाहीको माग गर्दै लगातार ५ दिन देखि कर्मचारीले गाउँपालिकाको कामकाज ठप्प पारे पछि सेवाग्राही मर्कामा परेका छन । गत कार्तिक १६ गते उपाध्यक्ष कुर्मीले प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई कार्यकक्षमै हातपात गर्दै गालीगलौज गरेका थिए ।
कर्मचारीले त्यसको विरोध गर्दै गाउँपालिका र ६ वटा वडा कार्यालयबाट हुने सेवा प्रवाह रोकेपछि सेवाग्राही मारमा परेका छन् । उपाध्यक्षलाई पक्राउ गरी कारबाहीको माग गर्दै अध्यक्ष कमलेश शरण चौधरी र अधिकृत ज्ञवालीले जिल्ला प्रशासन र प्रहरी कार्यालयमा गत कार्तिक १६ गत साझा नै निवेदन दिएका थिए । तर घटना भएको ५ दिन सम्म पनि उपाध्यक्ष चौधरी कुर्मी अझै पक्राउ परेका छैनन् ।
उपाध्यक्षलाई कारबाहीको माग गर्दै जिल्ला स्थित ४ कर्मचारी संगठन तथा १० वटै पालिकाका प्रमुख प्रशाकीय अधिकृतहरुले समेत प्रजिअ शंकरहरि आचार्यलाई ज्ञापन पत्र समेत दिई सकेका छन । शुद्धोधन गाउपालिकाका कर्मचारीहरु जिल्ला प्रहरी कार्यालयमा पटक पटक डेलीगेशन समेत गएका छन । तर प्रहरी उपरिक्षक नवरत्न पौडलले भने कानुनी कारबाही हदै छ भन्दै पन्छिने गरेका कर्मचारीहरु बताउछन ।
उपाध्यक्ष नेकपा माओबादी केन्द्रबाट निर्वाचित भएका थिए । माओबादीका जिल्ला देखि केन्द्रिय नेताहरुसंगको साथ रहेकोले उपाध्यक्ष चौधरीमाथी कारबाही गर्न आट गर्न नसकेको शुद्धोधन गाउपालिकाका सुचना अधिकारी सन्तोष कुमार श्रीवास्तवले बताए । उनले घटनाको ५ दिन हुदा सम्म उजुरी समेत दर्ता नहुनु र दोषी अझै सम्म छाती फुलाएर हिड्नु दुःखद कुरा भएको बताए ।
यस अघि पनि उपाध्यक्ष चौधरीले वडाध्यक्ष तिलकराम यादव र उनका छोरालाई पालिकाको लेखा फाट कक्ष मै कुटेको थिए । सो घटनालाई समेत प्रहरीले मिलापत्रमा टुंगाएको थियो । सोमवार दिउसो समेत कर्मचारीहरुको टोली जिल्ला प्रहरी कार्यालयमा डेलीगेशन जादा प्रहरी उपरिक्षक पौडेलले कानुन अनुसार कारबाही प्रकृया अघि बढाउने भन्दै पन्छिएका थिए ।
सो अवसरमा कर्मचारीहरुले प्रहरी उपरिक्षकलाई वार्दी लगाई डियुटीमा भएका प्रहरीलाई कसैले यसरी सार्वजनिक स्थलमा कुटेको भए तपाईले यस्तै गुर्न हुन्थ्यो भन्ने प्रश्न तेर्साएर पछि पौेडेल नाजवाफ भएको कर्मचारीहरु बताउछन ।
एउटा राष्ट्रसेवक कर्मचारी माथी कार्यालय सममया कार्यकक्षमा हातपात हुदा पनि यसरी प्रहरी मौन बस्न दुःखद कुरा भएको कर्मचारीहरु बताउछन । प्रक्रिया पु¥याएर उपाध्यक्षलाई कारबाहीको दायरामा ल्याइनुपर्ने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । प्रहरी उपरिक्षक पौडेलले भने अभियुक्तमाथी कानुन अनुसार कारबाही गरिने दाबी गरे ।
उता शुद्धोधन गाउपालिकाले दोषी उपर कारबाही नभए सम्म र काम गर्ने वातावरण नभए सम्म कामकाज ठप्प रहेको बिज्ञप्ती मार्फत जनाएका छन् । यस्तै उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा समेत गुह मन्त्रालयमा दोषीलाई कारबाही गर्नका लागि सवन्वय गरी दिन भन्दै पत्राचार समेत गरेका छन ।
गत कार्तिक १६ गते दिउँसो २ बजेतिर अधिकृत ज्ञवालीको कार्यालयमा प्रवेश गरेर उपाध्यक्षले हातपात गरी गालीगलौज गरेका थिए । वादविवादका क्रममा ज्ञवालीको टेवुलको सिसा पनि फुटेको थियो । गाडी चहियो भन्दै हातपात गरेको अधिकृत ज्ञवालीले बताए ।
उपाध्यक्ष कुर्मीले आफ्नो अधिकारले पाएका विषयवस्तुमा तोक आदेश गर्दा बेवास्ता गरेका र काम विशेषले कार्यालयको गाडी माग्दा नदिएकाले विवाद मात्र भएको बताए । उनले आफुले टेबलमा भने हिर्काएर स्विाकार गरेका छन ।