Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

उपाध्यक्षलाई कारबाहीको माग गर्दै शुद्धोधन गाउपालिकाको ५ दिन देखि कामकाज ठप्प, सेवाग्राही मर्कामा

Author Avatar साझा न्यूज 6th November 2023 , 6:36 PM
उपाध्यक्षलाई कारबाहीको माग गर्दै शुद्धोधन गाउपालिकाको ५ दिन देखि कामकाज ठप्प, सेवाग्राही मर्कामा

कपिलवस्तु कार्तिक २० गते । शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीलाई कारबाहीको माग गर्दै लगातार ५ दिन देखि कर्मचारीले गाउँपालिकाको कामकाज ठप्प पारे पछि सेवाग्राही मर्कामा परेका छन । गत कार्तिक १६ गते उपाध्यक्ष कुर्मीले प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई कार्यकक्षमै हातपात गर्दै गालीगलौज गरेका थिए ।
कर्मचारीले त्यसको विरोध गर्दै गाउँपालिका र ६ वटा वडा कार्यालयबाट हुने सेवा प्रवाह रोकेपछि सेवाग्राही मारमा परेका छन् । उपाध्यक्षलाई पक्राउ गरी कारबाहीको माग गर्दै अध्यक्ष कमलेश शरण चौधरी र अधिकृत ज्ञवालीले जिल्ला प्रशासन र प्रहरी कार्यालयमा गत कार्तिक १६ गत साझा नै निवेदन दिएका थिए । तर घटना भएको ५ दिन सम्म पनि उपाध्यक्ष चौधरी कुर्मी अझै पक्राउ परेका छैनन् ।
उपाध्यक्षलाई कारबाहीको माग गर्दै जिल्ला स्थित ४ कर्मचारी संगठन तथा १० वटै पालिकाका प्रमुख प्रशाकीय अधिकृतहरुले समेत प्रजिअ शंकरहरि आचार्यलाई ज्ञापन पत्र समेत दिई सकेका छन । शुद्धोधन गाउपालिकाका कर्मचारीहरु जिल्ला प्रहरी कार्यालयमा पटक पटक डेलीगेशन समेत गएका छन । तर प्रहरी उपरिक्षक नवरत्न पौडलले भने कानुनी कारबाही हदै छ भन्दै पन्छिने गरेका कर्मचारीहरु बताउछन ।
उपाध्यक्ष नेकपा माओबादी केन्द्रबाट निर्वाचित भएका थिए । माओबादीका जिल्ला देखि केन्द्रिय नेताहरुसंगको साथ रहेकोले उपाध्यक्ष चौधरीमाथी कारबाही गर्न आट गर्न नसकेको शुद्धोधन गाउपालिकाका सुचना अधिकारी सन्तोष कुमार श्रीवास्तवले बताए । उनले घटनाको ५ दिन हुदा सम्म उजुरी समेत दर्ता नहुनु र दोषी अझै सम्म छाती फुलाएर हिड्नु दुःखद कुरा भएको बताए ।
यस अघि पनि उपाध्यक्ष चौधरीले वडाध्यक्ष तिलकराम यादव र उनका छोरालाई पालिकाको लेखा फाट कक्ष मै कुटेको थिए । सो घटनालाई समेत प्रहरीले मिलापत्रमा टुंगाएको थियो । सोमवार दिउसो समेत कर्मचारीहरुको टोली जिल्ला प्रहरी कार्यालयमा डेलीगेशन जादा प्रहरी उपरिक्षक पौडेलले कानुन अनुसार कारबाही प्रकृया अघि बढाउने भन्दै पन्छिएका थिए ।
सो अवसरमा कर्मचारीहरुले प्रहरी उपरिक्षकलाई वार्दी लगाई डियुटीमा भएका प्रहरीलाई कसैले यसरी सार्वजनिक स्थलमा कुटेको भए तपाईले यस्तै गुर्न हुन्थ्यो भन्ने प्रश्न तेर्साएर पछि पौेडेल नाजवाफ भएको कर्मचारीहरु बताउछन ।
एउटा राष्ट्रसेवक कर्मचारी माथी कार्यालय सममया कार्यकक्षमा हातपात हुदा पनि यसरी प्रहरी मौन बस्न दुःखद कुरा भएको कर्मचारीहरु बताउछन । प्रक्रिया पु¥याएर उपाध्यक्षलाई कारबाहीको दायरामा ल्याइनुपर्ने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । प्रहरी उपरिक्षक पौडेलले भने अभियुक्तमाथी कानुन अनुसार कारबाही गरिने दाबी गरे ।
उता शुद्धोधन गाउपालिकाले दोषी उपर कारबाही नभए सम्म र काम गर्ने वातावरण नभए सम्म कामकाज ठप्प रहेको बिज्ञप्ती मार्फत जनाएका छन् । यस्तै उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा समेत गुह मन्त्रालयमा दोषीलाई कारबाही गर्नका लागि सवन्वय गरी दिन भन्दै पत्राचार समेत गरेका छन ।
गत कार्तिक १६ गते दिउँसो २ बजेतिर अधिकृत ज्ञवालीको कार्यालयमा प्रवेश गरेर उपाध्यक्षले हातपात गरी गालीगलौज गरेका थिए । वादविवादका क्रममा ज्ञवालीको टेवुलको सिसा पनि फुटेको थियो । गाडी चहियो भन्दै हातपात गरेको अधिकृत ज्ञवालीले बताए ।
उपाध्यक्ष कुर्मीले आफ्नो अधिकारले पाएका विषयवस्तुमा तोक आदेश गर्दा बेवास्ता गरेका र काम विशेषले कार्यालयको गाडी माग्दा नदिएकाले विवाद मात्र भएको बताए । उनले आफुले टेबलमा भने हिर्काएर स्विाकार गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज