काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा अश्लील हर्कत गरेर विवादित बनेकी नेतृ शान्ती बराललाई नेकपा माओवादी केन्द्रले निलम्बन गरेको छ । शनिवार एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीको सैनामैना नगर समितिले उनलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको हो ।

“पार्टी अनुशासनभन्दा बाहिर गएर आफ्नो विचार व्यवहार प्रस्तुत गर्ने छुट कसैलाई पनि नभएको कुरा पुनः स्मरण गराउन चाहन्छौं,” समितिको विज्ञप्तिमा भनिएको छ । बराल माओवादीको सैनामैना नगर कमिटी सदस्य पदमा रहेकी थिइन् ।
उनीमाथि पार्टीको साङ्गठनिक जिम्मेवारी, पार्टीमा हुनुपर्ने सामाजिक तथा सांस्कृतिक अनुशासन तथा आम नेपाली सामाजिक तथा सांस्कृतिक व्यवहार विरुद्ध गई सामाजिक सञ्जालमा प्रस्तुत हुन गएको आरोप लगाइएको छ । “उक्त कारण समेतले निजलाई पार्टी सङ्गठनको सम्पूर्ण जिम्मेवारी र पार्टी सदस्य समतबाट निलम्बन गरिएको जानकारी गराउँदछौं,” विज्ञप्तिमा अगाडि भनिएको छ ।
केही दिन अघि बरालले टिकटक लाइभमार्फत आफ्नो वक्षस्थल प्रदर्शन गरेकी थिइन् । त्यस अघि समेत सामाजिक सञ्जालमा प्रस्तुत हुने शैली अपाच्य किसिमको रहँदै आएको थियो ।
ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]
सुचना विभाग दर्ता नं. २५९५/०७७-०७८
सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार
© 2021 eSajanews.com | Site By: ProTech