Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अफगानिस्तानलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा

Author Avatar साझा न्यूज 8th November 2023 , 5:58 AM
अफगानिस्तानलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । ग्लेन म्याक्सवेलको कीर्तिमानी दोहोरो शतकको मद्दतले अफगानिस्तानलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबार मुम्बईको वानखेडे स्टेडियममा म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई ३ विकेटको रोमाञ्चक जीत दिलाएका हुन् ।
अफगानिस्तानले यसअघि श्रीलंका, इङ्ल्यान्ड र पाकिस्तानजस्ता पूर्व विश्वविजेता टोलीलाई पराजित गरेको थियो । कुनै समय पाँच पटकको विश्वकप च्याम्पियन अस्ट्रेलियालाई पनि तनावमा राखेको टोली एक्लो म्याक्सवेलसामु नतमस्तक बन्यो । ९१ रनमा ७ विकेट गुमाएको अस्ट्रेलियालाई म्याक्सवेलले अफगानिस्तानले प्रस्तुत गरेको २ सय ९२ को लक्ष्यसम्म पुर्‍याए । अफगानिस्तानले म्याक्सवेललाई आउट गर्ने मौका नपाएको हैन तर उनको क्याच ड्रप भएको थियो । त्यसपछि भने म्याक्सवेलले अफगानिस्तानलाई कुनै अवसर दिएनन् ।

घाइते भए पनि मैदानमा टिकेका म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्का हिर्काए । यो विश्वकपमा कुनै पनि ब्याट्सम्यानले बनाएको यो सबैभन्दा ठुलो व्यक्तिगत स्कोर हो भने कुनै पनि एकदिवसीय खेलमा अस्ट्रेलियाका लागि कुनै पनि खेलाडीले बनाएको सबैभन्दा उच्च स्कोर पनि हो । म्याक्सवेलले यसै विश्वकपमा विश्वकप इतिहासको सबैभन्दा चाँडो शतकको कीर्तिमान पनि बनाएका थिए ।

म्याक्सवेललाई कप्तान प्याट कमिन्सले १२ रन बनाउँदै अन्तिमसम्म साथ दिए । उनले यसका लागि ६८ बलको सामना गरे । यसअघि मिचेल मार्सले २४ तथा डेभिड वार्नरले १८ र मार्नस लाबुसेनले १४ रन बनाएका थिए । विश्वकपमा अस्ट्रेलियाले पछ्याएको यो सबैभन्दा ठुलो स्कोर पनि हो ।

अफगानिस्तानका लागि नविन उल हक, अजमतुल्लाह ओमारजाइ र रासिद खानले २–२ विकेट लिए पनि म्याक्सवेललाई रोक्न सकेनन् । ८ खेलपछि अस्ट्रेलियाले १२ अङ्क बटुलेको छ । यता अस्ट्रेलियालाई हराएर सेमिफाइनलमा आफ्नो दाबेदारी सशक्त बनाउने अफगानिस्तानलाई भने ठुलो झट्का लागेको छ । ८ खेलपछि अफगानिस्तानको ८ अङ्क रहेको छ । नेट रन रेटको अनुसार टोली छैटौँ स्थानमा रहेको छ ।

यसअघि अफगानिस्तानले पाँच विकेट गुमाएर २९१ रन बनाएको थियो । ओपनर इब्राहिम जाद्रानले शतक प्रहार गर्दै १२९ रनको अविजित इनिङ खेले । अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले तीव्र सुरुवात गर्ने प्रयास गरे र २५ बलमा २१ रन बनाएर आउट भए ।

त्यसपछि अफगानिस्तानका ब्याट्सम्यानले एकपछि अर्को गर्दै आउँदै जाँदै गरे तर जादरान अर्को छेउबाट अडिग रहे । रहमत शाहले ४४ बलमा ३० रन, हसमतुल्लाह शाहिदीले ४३ बलमा २६ रन, अजमत उल्लाह उमरजाईले १८ बलमा २२ रन बनाए । राशिद खानले अन्तिम ओभरमा आक्रामक पाली खेले । खानले १८ बलमा ३५ रन बनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज