Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

Author Avatar साझा न्यूज 23rd November 2023 , 2:57 PM
पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

वशिष्ठ तिवारी
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ३ महेन्द्र हाईवायको करिब ६÷८ कि.मि. बेल तथा शुखबेल नदीको बिचको भितरिया नामक गाउँको उत्तर पट्टि सोनवागढ़ मन्दिर जंगलको मध्य भागमा अवस्थित छ । सोनवागढ़ पुरातात्विक, सांस्कृतिक, तथा धार्मिक दृष्टिले निकै महत्वपूर्ण रहेको छ्र । यस रमणीय स्थलको मध्य भागमा एकतले वर्गाकार मन्दिर निर्माण गरिएको हो । जसको गर्बगृहमा ललितासनको अवस्थामा बलौटे ढुंगा बाट बनेको दश वटा हातहरु भएको एक अद्भुत एवं भयानक देवी चामुण्डाको मुर्ति प्रतिस्थापित रहेको छ ।
पुरातात्विक पक्ष
१३०/८८७ मि. क्षेत्रफलमा फैलिएको यो ठाउमा चारवटा प्राचिन ढिस्कोहरु र केहि नयाँ नयाँ भवनहरु निर्मित देखिनछन् । एक वटा एक तले वर्गाकार कोठा भित्र गर्बगृहमा ललितासनको अवस्थामा बलौटे ढुंगा बाट बनेको दश वटा हातहरु भएको देवी चामुण्डाको मुर्ति प्रतिस्थापित रहेको देखिन्छ । यस देबीको मुर्तिको लम्बाई १ मि २९.५ से.मि.र चौडाई ७५ से.मि. नराम्री विकृत मुखाकृति डरलाग्दो अवस्थामा रहेको छ । वास्तवमा भन्नु पर्दा मुर्तिको कला कौशल हेर्दा यो एउटा उत्कृस्ट कारिगरिको नमुनाको रुपमा समेत रहेको पाइन्छ । मुर्तिको पछाडिको भाग काटिएको छ । शैलीगत बिशेस्ताको हिसाबले यो मुर्ति ९औं सताब्दीको भएको प्रतित हुन्छ ( देवला मित्रा पृष्ठ २१९) । देवीको सरिर त्वचा तथा मांश बिहिन, केश बिन्याश भएको, दाहिने खुट्टा एक शव माथि राखी ललितासनमा प्रतिस्थापित रहेको छ । देबीको माथी तिरको दुवै हाथमा ओढेको हातिको छाला रहेको छ, चार बायाँ हातहरु मद्धे सब भन्दा तलको हाथमा खोपडी कप समातेको, दोस्रो हातमा काटिएको टाउको समातेको, तेस्रो हाथमा एक ढाल ? जबकी चौथो हाथ शक्ति ( भाला) सायद दांत संग जोडिएको छ ।
दाहिने हाथको सब भन्दा तलको हाथ सम्भवतः देबीको जँघामा बर मुद्रामा ? टिकेको, देवीको अर्को हाथमा त्रिशुल भएको, तेस्रो हाथमा एउटा सानो तरवार भएको एवं देवीको चौथो हाथमा डमरु धारण गरेको देखिन्छ । प्रतेक गोलो शिर्ष कुन तिर बैक–स्लेब एक उडेको जस्तो आकृति छ । चामुण्डाको दुवै तिर एक उर्धव्धर पंक्तिमा देवीको परिचारिका देखिनछन् । परिचारिकाको बाँया हाथमा काटिएको श्याल्को टाउको देखिन्छ । यसका साथ साथै देवीको प्रतिमाको करिब १०० मि. उत्तर मन्दिरको गर्बगृहमै एउटा ढुंगा राखिएको छ जसलाई भगवान शंकरको शिवलिंगको रुपमा पुजिदै आएको पाइन्छ । यो ढुंगा खासै प्राचिन नभएकोले कुनै काल खण्डमा कुनै स्थानीयले मन्दिरमा राखेको हुन् सकने अनुमान गरिन्छ ।
यस मन्दिरको वरिपरी यत्र तत्र प्रस्तर मुर्तिका टुक्रा टाक्रा चिल्ला उपकरण, माटाका भाडा, बहुमुल्य पत्थरका बाला, तिनवटा गोलाकार तामाका मुद्रा, पंचमार्क तामाका मुद्रा, माटाका माला लागयतका बहुमुल्य पदार्थ भारतीय पुरातत्व सर्वेक्षणकि देवला मित्राले यस स्थानको अन्वेषण गर्दा फेला पारेका थिइन् । देवला मित्राको अनुसार यस स्थलमा पाइएको माटाका भाडाका टुक्राहरु कुदानमा फेला परेको सामग्रीहरुको समकालीन रहेक छ । कपिलवस्तु जिल्ला भित्र भेटेको मुर्तिहरु मद्धे यी देवीको मुर्ति निकै आकर्षक एवं मापदण्ड अनुरुप रहेको देखिन्छ ।
देवी चामुण्डाको उत्पत्ति
चामुण्डा देवीको उत्पत्तिको कथा मार्कंडेय पुराण संग जोडिएको छ । शिव पत्नि रुद्राणी को अनेक नाम रहेको पुराणहरुमा वर्णन गरिएको पाइन्छ जस्तै; देवी, उमा, गौरी, पार्वती, दुर्गा, भावानी, काली, कपालिनी एवं चामुण्डा । मार्कंडेय पुराण अनुसार चन्ड र मुण्ड नामको राक्षसहरुको बधको निम्ति देवी दुर्गा क्रोधित अवस्थामा निधार (लालाट) वाट एक काली एवं भयंकर डरलाग्दो देवी उत्पन्न भईन । इनको हाथमा खडग, पाश एवं नरमुण्डले अलंकृत बिशाल गदा भएको तथा सुष्क, जिर्ण, एवं भयानक हस्तिचर्म लगाएको, मुख फैलिएको तथा जिब्रो बाहिर निक्लेको, आँखा रक्तिम एवं भयंकर शब्दले आकाश गुन्जिएको थियो । यी देवीले दुवै राक्षको बध गरि उनीहरुको शिर देवी दुर्गाको सम्मुख अर्पित गरेकोले देवी दुर्गाले प्रसन्न भई यी देवीलाई वरदान स्वरूप आज पछि सारा दुनिया चामुण्डाको नामले चिनिन्छ भनि आशिर्बाद दिएको कथा मार्कंडेय पुराणमा वर्णित गरिएको पाइन्छ ।
सोनवा देवीको सांस्कृतिक पक्ष
यी देवीको मन्दिरको मुख्य सांस्कृतिक विशेषता भनेको सामाजिक समरसता स्वरूप एउटा पुस्ताको यादव जातिको मुख्य पुजारी देवीको सेवा गर्दै आउनु भएको छ । यस स्थलमा बिशेष गरि शारदीय एवं चैत्र नवरात्रिको बेला भक्तजन हरुको भिड भाड हुने गरेको छ । यस देवीको स्थलमा विषेस गरि स्थानीयहरु द्वारा सत्य नारायण ब्रत कथा सुन्ने, काढाई चढाउने लगायतका काम गरेको पाइन्छ । महेन्द्र राजमार्गको छेउमै यो धार्मिक,सांस्कृतक एवं पुरात्विक स्थल भए पनि खासै भिड भाड हुने गरेको पाइदैन ।
यस देवीको स्थललाई स्थानीय सरकार, प्रदेश सरकार एवं पुरातत्व बिभाग समेतले वेवास्ता गरेको छ । आजपनि मन्दिरको गर्वगृहमा पर्याप्त बत्तिको वेवास्था, आगन्तुक हरुको लागि सौचालय लगायतको प्राथमिक बेवास्था भएको देखिदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

खैरो हेरोईन सहीत २ जना पक्राउ

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

श्रमिक महिला दिवसका अवसरमा कपिलवस्तुमा दीप प्रज्वलन कार्यक्रम

श्रमिक महिला दिवसका अवसरमा कपिलवस्तुमा दीप प्रज्वलन कार्यक्रम

टी- २० विश्वकप फाइनल: न्यूजील्याण्डले टस जित्यो, भारतले पहिला ब्याटिंग गर्दै

टी- २० विश्वकप फाइनल: न्यूजील्याण्डले टस जित्यो, भारतले पहिला ब्याटिंग गर्दै

कपिलबस्तु २ मा रास्वपाको अग्रता

दुई पूर्व मन्त्रीलाई पाखा लगाउँदै सांसद बनेका थापा को हुन् ?

कपिलबस्तु २ मा रास्वपाको अग्रता

कपिलबस्तु २ मा रास्वपाको अग्रता

भर्खरै प्रकाशित

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

खैरो हेरोईन सहीत २ जना पक्राउ

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

श्रमिक महिला दिवसका अवसरमा कपिलवस्तुमा दीप प्रज्वलन कार्यक्रम

श्रमिक महिला दिवसका अवसरमा कपिलवस्तुमा दीप प्रज्वलन कार्यक्रम

टी- २० विश्वकप फाइनल: न्यूजील्याण्डले टस जित्यो, भारतले पहिला ब्याटिंग गर्दै

टी- २० विश्वकप फाइनल: न्यूजील्याण्डले टस जित्यो, भारतले पहिला ब्याटिंग गर्दै

कपिलबस्तु २ मा रास्वपाको अग्रता

दुई पूर्व मन्त्रीलाई पाखा लगाउँदै सांसद बनेका थापा को हुन् ?

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज