काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जन दबाबका कार्यक्रम गर्ने निर्णय गरेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले पुस, माघ, फागुन र चैत्र महिनामा जनदबाबका कार्यक्रम आयोजना गर्ने निर्णय संगै पार्टीको नियमावली पास गरेको बताए ।
अध्यक्ष लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टी छुट्टै राजनीतिक पार्टी भएकाले अस्थिरता, अराजकता भित्र आफ्नो भविष्य नखोज्ने बताए ।