तौलिहवा, पुस १६ गते । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत सहित पक्राउ परेका नेता तथा कार्यकर्तालाई रिहाइको माग गर्दै कपिलबस्तुमा प्रर्दशन गरिएको छ । प्रहरीद्वारा पक्राउ गरिएका नेता तथा कार्यकर्तालाई रिहाई गर्न माग गर्दै जनमत पार्टी जिल्ला कार्य समितिले सदरमुकाम तौलिहवामा नाराबाजी सहित प्रर्दशन गरेको हो ।
राष्ट्रिय धोती दिवस मनाउन माइतीघरमण्डल गएका बेला निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले प्रक्राउ गरेको थियो । माइतीघरदेखि नयाँ बानेश्वरसम्म सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रर्दशनकारीहरुले धोती लगाएर बन्दीलाई रिहा गर, मधेशी पोसाक हेप्न पाइदैन्, धोतीलाई राष्ट्रिय पोसाक कायम गर लगायतका नारा लगाएका थिए । साथै नेता तथा कार्यकर्तालाई रिहाईको माग गर्दे प्रमुख जिल्ला अधिकारी मर्फात गृहमन्त्रीलाई ज्ञापन पत्र समेत बुभाmाईको पार्टीका जिल्ला इन्चार्ज मनोज कुमार ओझाले बताउनुभयो ।
प्रर्दशनको क्रममा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष नरेन्द्र कुमार चौधरी, केन्द्रिय सदस्य योगेन्द्र चौधरी, राम लाल यादव, जिल्ला इन्चार्ज मनोज कुमार ओझा लगायतको सहभागिता रहेको थियो ।
















































