साझा न्यूज । तौलिहवा (कपिलवस्तु)
नेपाली कांग्रेस केन्द्रिय समितिको आह्वानमा आम जनताका माझमा नेपाली कांग्रेसका नेताहरु पुग्ने कार्यक्रम समुदायमा कांग्रेसको कपिलवस्तुमा आजबाट शुभारम्भ गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रिय नेता देवेन्द्र राज कंडेलको प्रमुख आतिथ्यतामा विपी स्मृति भवन तौलिहवाबाट समुदायमा कांग्रेस कार्यक्रमको शुभारम्भ गरिएको हो । सो अवसरमा कपिलवस्तुका हरेक वडा र गाउं वस्तीमा कांग्रेस नेता तथा अगुवा कार्यकर्ताहरु पुग्ने, पार्टी कार्यकर्ता र जनताका गुनासोहरु सुन्ने कार्यक्रम तय गरिएको समुदायमा कांग्रेस कार्यक्रमका लागि कपिलवस्तु खटिएका केन्द्रिय नेता देवेन्द्र राज कंडेलले बताए ।
सो अवसरमा समुदायमा कांग्रेस कार्यक्रमको केन्द्रिय सर्कुलर जिल्ला सचिव शक्ति सिंह ठकुरीले पढेर सुनाएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपभापति हुमकान्त खनाल, पार्टीका पुर्व सभापतिहरु राजेश आचार्य, सुधाकर पाण्डेय, पार्टी नेताहरु अभिषेक प्रताप शाह, अतहर कमाल लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम माघ २६ गते सम्म संचालन रहने छ ।
















































